शुक्रबार , बैसाख १०, २०७८

प्रभा बरालको उपन्यास “फिलिङ्गो” लोकार्पण सम्पन्न

प्रभा बरालको उपन्यास “फिलिङ्गो” लोकार्पण सम्पन्न

१५ चैत, काठमाडौं । प्रभा बरालको औपन्यासिक कृति फिलिङ्गो प्रज्ञाप्रतिष्ठानको सभाहलमा लोकार्पण भएको छ । डा. रजनी ढकाल, वसन्त बस्नेत, आलोक चालिसे र लेखक प्रभा बरालले कृतिको विमोचन गरे । जापानी र नेपाली परिवेश रहेको यो पुस्तकमा जापानी र नेपाली महिलाका मानवीय संवेदनाका प्रसङ्गहरु रोचक ढङ्गमा आएका छन् ।

जीवन आफ्ना लागि बाँच्नु पर्छ र आप्mनो अस्तित्वको लडाइँ आफै लड्नुपर्छ भन्ने चेतनाबोध बोकेको उपन्यास हो फिलिङ्गो । पुँजीवादी अर्थव्यवस्था र पितृसत्ताको शोषणमा महिलाहरु कसरी चेपिन्छन् भन्ने बारेमा यो उपन्यासले आवाज उठाएको छ । पैसाको पछाडि भौतारिन बाध्य आप्रवासी नेपाली, शिक्षाको नाममा पढ्न जाने विद्यार्थी र त्यसै क्रममा भोग्नु परेका भुक्तमानका कथाहरु यहाँ उनिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसैगरी नेपाली युवायुवतीले जापानी भूगोलमा गरेका सङ्घर्षका अनेक किस्साहरुलाई उपन्यासले समेटेको छ । पुस्तक अक्षर प्रकाशनले बजारमा ल्याएको हो । ३०८ पृष्ठ रहेको यस पुस्तकको मूल्य ५५० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय