पाँचथरमा राप्रपामा प्रवेश गर्ने लहर बढ्दो
नेपालबहस संवाददाता
चैत १५, २०७७ आइतबार १९:६:३२
१५ चैत, पाँचथर । बद्लिदो राजनीतिक घटनाक्रमसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने लहर बढ्दो छ । यसै क्रममा माओवादी केन्द्र परित्याग गरी राप्रपामा प्रवेश गर्ने युवाहरुलाई पार्टी नेता सगुन सुन्दर लावतीले स्वागत गरेका छन् ।
‘हिजो जे जस्तो भनिए पनि, निष्पक्ष राष्ट्रप्रमुख र अभिभावकको भूमिकामा नेपाली जनताले राजसंस्था र सनातन हिन्दुराष्ट्रको माग गरेका छन् । नयाँ नेपालको नारा र बाचाले लक्षित परिवर्तन र समृद्धि प्राप्त गर्न सकेन, समावेशी संरचना र पहिचान स्थापित गर्न सकेन, त्यसैले जनताले विकल्प खोजेका छन्,’ नवप्रवेशीहरुलाई स्वागत गर्दै राप्रपाका केन्द्रीय सम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले भने ।
‘परिवर्तनका संवाहक हौं भन्ने दल र पात्रहरुले जनतालाई भन्ने केही बाँकि रहेन । यसकारण देश र राजनीति नयाँ शिराबाट अघि बढ्नु आवश्यक भएको हो,’ नेता लावतीले भने । मिक्लाजुङ–१, सराङडाँडामा सम्पन्न राप्रपा वडा भेलामा माओवादी पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुमा अबीरमान राई, हर्क चाम्लिङ, देउकुमार चाम्लिङ, जीतबोल राई लगायत १५ जना थिए ।
वडा भेलालाई सम्बोधन गर्दै राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशीले पार्टीको महाधिवेशनबाट प्राप्त हुने नेतृत्वले देश र जनताको समस्या सम्बोधन गर्ने दावी गरे । राप्रपा पाँचथरका जिल्ला सचिव कमल कुमार राईले भने, राप्रपा जनताको पार्टी हो, यही रुपमा अघि बढीरहने छ । भेलाका सहभागीहरुले स्वर्गीय नेता पद्मसुन्दर लावतीको पदचिन्हमा जनताको सेवामा निरन्तर अग्रसर हुनु पर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार