पत्रकारहरु नयाँ योजना अनुसार अगाडी बढ्न आवश्यक : कानून मन्त्री चुमान
नेपालबहस संवाददाता
चैत १५, २०७७ आइतबार १९:५२:१५
मिना कंडेल
१५ चैत, नवलपुर । गण्डकी प्रदेशका कानून मन्त्री हरिबहादुर चुमानले राष्ट्रको चौँथो अगंको रुपमा रहेको संचार क्षेत्र र पत्रकारहरुको क्षमतावृद्धि सगै नयाँ योजना अनुसार अगाडी बढ्न आवश्यक रहेको बताएका छन् ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशको आयोजनामा नवलपुरको कावासोती १५ स्थित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे गाउँ बाघखोरमा शनिबारदेखि भएको सूचना प्रविधिको विकास अबको पत्रकारिता विषयक बृहत अन्तरक्रिया कार्यक्रमको उद्घाटन पछि बोल्दै मन्त्री चुमानले समयसँगै पत्रकारहरु पनि विकसित प्रविधिको प्रयोगमा लाग्नु पर्नैमा जोड दिए ।
उनले भने “प्रदेश सरकारले नयाँ सोच र योजना अनुसार अगाडी बढेर कार्यक्रम गरे प्रदेश सरकार दिन तयार रहेको छ ।” आफ्नो मन्त्रालयले कानून, गृह मन्त्रालय र संचार मन्त्रालयको समेत काम गर्ने भन्दै उनले नयाँ बजेट निर्माण सुरु भएको बताए ।
यस्तै दुईदिने कार्यक्रम अन्र्तगत पहिलो दिन शनिबार सूचना प्रविधिको विकास अबको पत्रकारिता विषयक अन्तरक्रिया गरिएको थियो भने दोस्रो दिन आईतबार नवलपुरको पर्यटनका सम्भावनाको खोजि र त्यसको विकासका लागि भईरहेका पहलवारे स्थानीय तहका प्रमुखहरुसग अन्तरक्रिया सम्पन्न गरिएको हो ।
प्रदेशका ११ जिल्लाबाट पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा गण्डकी प्रदेश सांसद कांग्रेस नेता कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेश सांसद विष्णु लामिछाने , गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतम ,गण्डकी प्रदेश सभा सदस्य रोशन गाहा, प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराई, कावासोती नगरउपप्रमुख प्रेमशंकर मर्दनिया फोनिज लुम्विनी प्रदेश अध्यक्ष मिलन गाहा मगर लगायतले कार्यक्रममा बोलेका थिए ।
कार्यक्रममा प्रशिक्षक रजनिश भण्डारीले अवको पत्रकारमा मल्टिमिडियाको ज्ञान र प्रयोगको बारे शिक्षा हुनुपर्ने भन्दै त्यसो भएमात्र पत्रकारहरुलाई थप अवसर आउने बताए ।
समापन कार्यक्रममा बोल्दै अध्यक्ष आस्था मगरले अवको महासंघमा फोनिजको पनि बलियो उपस्थिति हुनुपर्ने र त्यसो हुन सके मात्रै पत्रकारिता समावेशी लोकतन्त्रको आधार हुने बताए ।
फोनिज गण्डकी प्रदेश अध्यक्ष एमबी आस्था मगरको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष कमला रानाले स्वागत र महासिचव रुद्रसिं मगरले संचालन गरेका थिए ।
विशेषगरी यहाँ थारु सस्कृतीको अवलोकन, थारु परिकारका सवाद लिन र मध्यवर्ती क्षेत्रमा गैंडा लगाएतका वन्यजन्तु अवलोकनकालगि पर्यटकहरु आउने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार