कांग्रेसको नेतृत्व गर्न डा. शेखर तयारी अवस्थामा
नेपालबहस संवाददाता
चैत १५, २०७७ सोमबार १:१४:१५
१५ चैत, काठमाडौं । नेपाली कांग्रेसको चौधौ महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसलाई अब कसले नेतृत्व गर्ला ? भन्ने कौतुहलता पैदा हुनुका साथै आम नेपाली कांग्रेसको नेता तथा कार्यकर्ता बृत्तमा अत्यन्तै ठूलो चासो र बहशको बिषय समेत बन्दै गैरहेको छ ।
लामो समयसम्म नेपाली कांग्रेसको महाधिवेशन हुने मिति तय हुँदै र सर्दै अब भने बटमलाईनमा आएर उभिएको छ । महाधिवेशनको तयारीसँगै कांग्रेसका युवापुस्ता अब नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै आम सार्वजनिक रुपमा आप्mना भनाईहरु कार्यकर्ता माझमा पस्किरहेका छन् ।
युवाहरुको क्रियाशिलता बिना पार्टी शसक्त बन्न सक्दैन भन्ने कुरा पनि अब प्रमाणित भैसकेको छ । नेपाली कांग्रेसलाई अभिभावकिय नेतृत्व दिन सक्ने नेता नभएकै कारण बिगत केहि बर्ष देखि नेपाली कांग्रेस निस्कृयताका साथ घस्रिरहेको कुरामा पनि युवा नेतृत्व चिन्तित देखिन्छन् ।
अभिभावक बिहिन घर, छोराछोरी बिहिन परिवार दुबै खल्लो हुने गर्दछ । केहि व्यक्तिगत स्वार्थमा लिप्त भएका बाहेक नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको नेतृत्वदायी भूमिकामा कोइराला परिवारको त्याग, समर्पण र लगानीको बिषयमा औला उठाउदैनन् ।
कोइराला परिवारको संलग्नता बिहिन नेपाली कांग्रेसको परिकल्पना गर्नु अलि हतारो हुन सक्छ । नेपाली कांग्रेसका संस्थापक नेता स्व. मातृका प्रसाद कोइरालादेखि उनका सहोदर भाईहरु विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको त्यो कालजयी त्याग र समर्पण र शुशिल कोइराला सहितको बलिदानीपूर्ण नेतृत्वदायी भूमिका के नेपाली कांग्रेसले यत्ति छिट्टै बिर्सन सक्ला र ??
लोकतान्त्रिक आन्दोलनको नेतृत्वदेखि मुलुक परिवर्तनका योजना सहितको मुलुकको नेतृत्व गर्ने क्षमता र दक्षता भएका कोइराला परिवारबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु यति छिट्टै बिमुख हुन्छन् होला भन्ने आम नागरिकलाई विश्वास पनि छैन ।
विश्वेश्वरप्रसाद कोइरालाको संगत र साथ पाएका वर्तमानमा बाँचिरहेका लाखौं नेता तथा कार्यकर्ताहरुको बुझाईको नेपाली कांग्रेस बनाउन सकिएको छैन यसमा भने नेपाली कांग्रेसको बर्तमान नेतृत्व तहले मनन गर्नु पर्ने कुरा हो । वीपीको त्यो बिचार र त्यो सपना पुरा गराउन लाग्नु पर्ने वर्तमान अवस्थामा नेपाली कांग्रेस झन झन सानो दलमा किन खुम्चिएको होला ?
वर्तमान नेतृत्वले यस्ता कुरामा कहिल्यै पनि चासो दिएको देखिएन । ४ जना सांसद जितुञ्जेल आफु संसदिय दलको नेता बन्ने पदलोलुप नेतृत्व रहेसम्म नेपाली कांग्रेसले तमाम नेपाली जनता र स्वयं कांग्रेसका नेता तथा कार्यकर्ताहरुको मन जित्न सक्दैन ।
नेपाली कांग्रेसलाई उपयोग गर्दै क्षणिक लाभहानीको हिसाब किताब गरेर बसेका नेतृत्वलाई अब पनि बिस्थापन गर्ने सोच नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरुमा नदेखिने हो र नेतृत्व परिवर्तनका लागि खुलेर अगाडि नआउने हो भने अबको नेपाली कांग्रेस कस्तो होला भनेर तपाई हामी आफै अनुमान गर्न सक्छौं, परिकल्पना गर्न सक्छौं ।
आजको युवा पुस्ताले विश्वेश्वरप्रसाद कोइरालालाई देखेन । कतिले त गिरिजाबाबुलाई समेत नदेखिकनै नेपाली कांग्रेसको लोकतान्त्रिक आन्दोलनमा समाहित भए । कतिले किसुनजी र गणेशमानजी अनि महेन्द्र नारायण निधि जिलाई देखेका होलान ? कतिले लोकतन्त्रका अथक योद्धा बलबहादुर राई र मुगाधन राईलाई देखेका होलान ?
हिमाल, पहाड र तराईका सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाएर लैजान सक्ने त्यो असाधारण खुबी कै कारण नेपाली कांग्रेस आजसम्म जिवित रहन सकेको हो । तर बर्तमानमा नेपाली कांग्रेस भित्र स्वार्थ केन्द्रित तह बढी क्रियाशिल देखिएको छ । बास्तवमा वीपीको प्रतिमा हेरेर कांग्रेस बनेका भन्दा वीपीको संगत गरेर कांग्रेस बनेका हरुबाटै आज नेपाली कांग्रेसलाई खतरा बढी रहेको देखिन्छ ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन अब संघारमै आउन लागेको छ । कोइराला परिवारको एकता कायम भए पुनः नेपाली कांग्रेसको नेतृत्व एकपटक कोइराला परिवारमा जान सक्छ र जानु पर्छ भन्ने नेपाली कांग्रेसका लाखौ नेता तथा कार्यकर्ताहरुको चाहना रहदै आएको छ ।
डा. शेखर कोइराला नेपाली जनताको त्यहि चाहना र भावनालाई मूर्त रुप दिन अहिले कांग्रेसको सुद्धिकरण र सुदिृढिकरणमा लागिरहनु भएको छ । आम नेता तथा कार्यकर्ताहरुको चाहना भनेको नेपाली कांग्रेसका त्रय नेता डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला अब एक भएर अगाडि आउनु पर्छ र आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुका माझमा एकताको शन्देस प्रवाह गर्नु पर्छ भन्ने कुरा उठिरहेका बेला केहि दिन अघि ईटहरीमा तिनै जना नेता एकै ठाउँमा उभिएर दिएको एकताको शन्देसले अहिले सिंगो नेपाली कांग्रेसमा नयाँ उत्साहको सञ्चार भएको छ ।
नेपाली कांग्रेसका अधिकांस युवा नेताहरुले डा. शेखर कोइरालालाई भावी सभापतिको लागि उम्मेदवारी दिन खुलेरै साथ दिईरहेको वर्तमान अवस्थामा ईटहरीको कार्यक्रमले नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरुमा थप आशाको दीयो बलेको छ ।
सहमति, सहकार्य र एकताबाट हामी पछि हटने छैनौं । हामी तिनैजना हिजो पनि एक थियौं, आज पनि एक छौं र भोली पनि एक नै रहन्छौं भन्ने सन्देसका साथ उपस्थित कोइराला परिवारका हिरा तथा नेपाली कांग्रेसका मनमुटुका आशाका केन्द्र नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसका आम कार्यकर्ताहरुमाझ भने “तपाईहरु ढुक्क हुनुस् हामी तिनजना मध्ये एकजना सर्वसम्मत रुपमा सभापतिको उम्मेद्धार हुन्छौं ।”
महामन्त्री डा. शशांक कोइरालाको यो अभिब्यक्तिले डा. शेखर कोइरालाको सभापति बन्ने ढोका खोलिदिएको आम नेपाली कांग्रस बृत्तमा चर्चा हुनुका साथै आम नेता तथा कार्यकर्ताहरुमा थप हौसला समेत मिलेको देखिएको छ ।
नेतृत्व डा. शेखरले गर्ने तर्फ सिंगो कोइराला परिवार एक भएको अवस्थामा नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरु अब पार्टीको चौधौ महाधिवेशन, आगामी निर्वाचन, र भावी बिकास निर्माणका योजनाहरुमा तल्लिन भएको पाईएको छ ।
अब नेपाली कांग्रेसलाई आम कार्यकर्ताहरुको रोजाईको पार्टी बनाउछु र पार्टीलाई पुर्नजिवन नदिई राजनीतिबाट बिश्राम लिन्न भनेर उद्घोष गरेका कांग्रेस नेता डा. शेखर कोइरालाको काँधमा अब सिंगो नेपाली कांग्रेसको नेतृत्व आउने निश्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
सरकार र निजी क्षेत्रका दुई मुख : अर्थतन्त्रमा समस्या छ भनेर समाधान खोज्ने कि छैन भनेर ?
बैशाख ४, २०८१ मंगलबार
रास्वपाको फ्रेम भित्र नयाँ भ्रष्टाचार !
बैशाख २, २०८१ आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा ६ खेलाडी सहभागी हुँदै
बैशाख ६, २०८१ बिहिबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
सभापति देउवा र अध्यक्ष नेपाल भेटघाटमा बैकल्पिक गठबन्धनको चर्चा
बैशाख ६, २०८१ बिहिबार