तीन लघुवित्तको संस्थापक शेयर लिलामी, कुनको कति कित्ता ?
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार १३:०:४९
१६ चैत, काठमाडौं । हाल बजारमा विभिन्न ३ वटा कम्पनीको लिलामी शेयर धमाधम बिक्री भइरहेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बित्रीमा ल्याएको हो ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३ गतेदेखि २५ हजार कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री गरिरहेको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र सो भन्दा बढीको लागि अधिकतम सम्पूर्ण कित्ताका लागि वैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड
एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री गरिरहेको छ । बैंकले संस्थाको ५ लाख ८९ हजार ४ सय ३८ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ४ सय ३७ रूपैयाँमा बिक्री खुल्ला गरेको हो ।
उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले न्युनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
संस्थाको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १८ गते, बुधबारदेखि एक लाख ८ हजार ५ सय ४२ कित्ता संस्थापक शेयरहरू लिलाम बढाबढ गरि बिक्री गर्ने भएको छ ।
उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले वैशाख २१ गतेभित्र न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य ५ सय ५० रूपैयाँ तोकिएको छ । आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार