गाउँपालिकाको आफ्नै ब्राण्डको मह बजारमा
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार १५:२३:०
१६ चैत, भोजपुर । पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई सातदिने व्यावसायिक तालिम दिएको छ । गाउँपालिकाले कृषकलाई मौरीसहितको ७७ घार वितरण गर्नुपूर्व उनीहरुलाई व्यावसायिक तालिम दिएको हो ।
मौरीपालनमा लागेका कृषकलाई स्वरोजगारसँगै आर्थिकरूपमा आत्मानिर्भर बनाउने उद्देश्यले काम भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । उनले भने, “हाम्रो क्षेत्रमा मौरीको राम्रो सम्भावना छ, धेरै कृषकले पराम्परागतरूपमा भए पनि मौरीपालन गर्दै आएका छन् । उनीरुलाई थप प्रोत्साहन गर्न गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । मौरीपालनका लागि आवश्यक चरन क्षेत्र विस्तार गर्दै गाउँपालिकामा नै प्रशोधन केन्द्र स्थापना गरेर गाउँपालिको ट्याग लगाएर बजारमा मह पठाउने लक्ष्य छ ।”
यस वर्ष मौरीपालनका लागि छनोटमा परेका गाउँपालिकाभित्रका २८ कृषकलाई आधुनिक घारमा आधुनिक तरिकाले मौरीपालनका विषयमा जानकारी दिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए । साथै उनीहरुलाई बजार व्यवस्थापन, मह उत्पादन तथा मौरीका घार वृद्धिका बारेमा समेत जानकारी दिइएको प्रमुख राईको भनाइ छ ।
गाउँपालिकाले यसअघिका वर्षहरुमा पनि कृषकलाई मौरीपालनमा लाग्नका लागि घार तथा गोलासहितको मौरी वितरण गर्दै आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २५० वटा घार र आव २०७६/७७ मा ४७ वटा घारसहितको मौरी वितरण गरेको हो । गाउँपालिका उपाध्यक्ष सम्झना राईले कृषकलाई आवश्यकताका आधारमा गाउँपालिकाले सहयोग गर्दै आएको धारणा राखे । साथै उनले कृषकलाई सिर्जनशील भएर व्यवसायमा लाग्नसमेत आग्रह गरे ।
उपाध्यक्ष राईले भने, “तपाईहरुलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ । व्यावसायिकरूपमा मौरीपालनमा लाग्नुभएका तपाईहरुको आवश्यकताका आधारमा गाउँपालिकाले सहयोग गर्नेछ, गाउँपालिकालाई मौरीपालनको पकेट क्षेत्रका रूपमा विस्तार गर्ने योजनाका साथ हामीले काम गरिरहेका छौँ, विशेष गरेर गाउँपालिकाको ४, ५ र ६ वडामा यसको सम्भावना रामो छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार