शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम शुरु
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार १७:४०:५८
१६ चैत,काठमाडौं । नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका आयोजनामा आजदेखि उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम शुरु भएको छ । राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षा नीति तर्जुमा गर्न सम्बन्धित पक्षबीच समन्वयात्मक कार्य गर्न सहज गर्ने उद्देश्यले शिवपुरीस्थित कलेजमा आयोजित तालीममा सङ्घीय सरकारका विभिन्न मन्त्रालय, त्रिवि, तीनै सुरक्षा निकायका, सञ्चारगृहलगायतबाट २७ जना शिक्षार्थीको सहभागिता छ ।
छैटौँ संस्करणको सो तालीमको उद्घाटन गर्दै बलाधिकृत रथी प्रभुराम शर्माले साइबर, जलवायु परिवर्तन, महामारी जस्ता चुनौती सामना गर्न फराकिलो, एकीकृत, बृहत् र समन्वयतात्मक प्रयत्न चाहिने बताए । उनले कुनै पनि मुलुकको भविष्य त्यसको राष्ट्रिय सुरक्षा र विकासमा निर्भर रहने जनाउँदै राष्ट्रिय सुरक्षाविना समृद्धि हासिल गर्न नसकिने स्पष्ट गरे ।
आफूले पनि सन् २०१६ मा शुरु भएको तालीममा सहभागी भई राष्ट्रिय सुरक्षाका विभिन्न आयामबारे बुझ्ने मौका पाएको जनाउँदै उनले निकट भविष्यमा स्थापना हुने प्रतिरक्षा विश्वविद्यालयले राष्ट्रिय शक्ति अझ अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।
कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले खुला छलफल र अन्तर्क्रियाले राष्ट्रिय सुरक्षालाई अझ अभिवृद्धि गर्ने बताए । तालीममा विदेशमामिला विज्ञ, प्राध्यापक, पत्रकार, सीमाविद्, अवकाशप्राप्त उच्च सैनिक अधिकृत, राजनीतिशास्त्रीलगायतले प्रशिक्षण दिने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिक प्रहरीलाई ब्रेथलाईजर प्रयोग अनुशिक्षण तालिम दिइयो
चैत ७, २०८० बुधबार
रुसी सेनामा नेपाली भर्ना : १४० जनाका परिवारले दिए उद्धारका लागि आवेदन
माघ २७, २०८० शनिबार
भारतीय ग्राहकलाई लक्षित गरी पूर्वपश्चिम राजमार्गका होटलमा यौन व्यवसाय सञ्चालन
माघ ५, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार