नालायक संसद
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार २३:२६:५२
१६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हत्या गरेको प्रतिनिधिसभा सर्वाेच्च अदालतले पुनस्थापित गरेपनि बिजनेस नपाएर त्यसै अलमलिएको छ । संसदलाई सुचारु र प्रभावकारी बनाउने हेतुले सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल अग्रसर भएका छन् । तर सत्ताधारी एमालेको सरकारी पक्षलाई भने कुनै चासो छैन ।
प्रधानमन्त्रीले काम नलाग्ने भनेर मिल्काइदिएको संसद बेकामे हो भन्ने प्रमाणित गर्न पनि बिजनेस दिने कुरा छैन–ओली निकट एक सांसद भन्छन् । कुनै बिजनेस दिनु भनेको आफ्नो गल्ती स्वीकार्नु हो भन्ने मानसिकतामा ओली देखिएका छन् । त्यसैले संसदलाई बिजनेस दिने कुरै छैन– उनको भनाई छ ।
प्रधानमन्त्री ओली अझैपनि संसद भंग गरेर चुनावकै पक्षमा रहेका छन् । त्यसका लागि उनको प्रयास जारी छ । सत्ता साझेदार बनाउन लागिएको समाजवादी जनता पार्टीसँग यही मुद्धामा कुरा मिलिसकेको छैन । नत्र अहिलेसम्म सजपा सरकारमा गइसक्थ्यो । रुपमा रेशम चौधरीको रिहाई र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भनिएपनि सारमा भने सत्तारोहणका लागि यही विषय घाँटीमा अड्किएको हड्डी बनेको छ ।
प्रधानमन्त्रीले दुई वर्ष सरकार चलाउने विश्वास दिलाउने हो भने महन्थ ठकुर र राजेन्द्र महतोहरु सरकारमा गइसक्थे । बरु यो मुद्धामा ओलीको नेपाली कांग्रेससँग कुरा मिलेको छ । कांग्रेस पनि अब अर्ली इलेक्सनमै जानुपर्ने पक्षमा रहेको छ । त्यसैले प्रधानमन्त्री ओली जारी संसद् अधिवेशन तत्कालै अन्त्य गर्ने पक्षमा रहेका छन् । ओली अहिलेसम्म पुनस्थापित प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका छैनन् । अविश्वास प्रस्ताव आएको अवस्था वा विश्वासको मत लिनुपर्ने स्थितिमा बाहेक संसद प्रवेश गर्न ओलीलाई कुनै रुचि छैन ।
बरु बर्षे अधिवेशन बोलाएर त्यहीबाट बजेट पास गर्ने उनको दाउ छ । बैशाखमा वर्षे अधिवेशन डाक्नुपर्ने भएकाले तत्काल कुनै बिजनेस नदिने उनले संकेत गरेका छन् । संभवतः यही साता अधिवेशन अन्त्य हुनेछ । सर्वोच्च अदालतले फागुन ११ गते १३ दिन भित्र अधिवेशन डाक्न आदेश दिएकाले मात्र फागुन २३ गते आह्वान गरिएको थियो ।
धेरैले अनुमान गरेका थिए– पुनस्थापित प्रतिनिधिसभाले ओली सरकार फालेर नयाँ सरकार बनाउने छ । तर त्यस्तो सम्भावना तत्काललाई देखापरेको छैन । त्यसैले पनि ओली यो संसद अधिवेशनलाई निकम्मा बनाउन उद्यत् छन् । हिजो मात्रै सभामुखले प्रधानमन्त्रीलाई भेटी बिजनेस दिन आग्रह गरे । तर ओली कुनैपनि बिजनेस दिएर आफ्नो सरकारलाई अफ्ठेरो अवस्था सिर्जना गराउने पक्षमा छैनन् । किनभने विधेयक निर्णयार्थ पेश गर्दा फेल हुने धेरै सम्भावना रहेको छ । त्यस्तो जोखिम मोल्ने पक्षमा ओली छैनन् ।
आफूले गरेको निर्णयको बचाउका लागि ओलीले संसद्लाई बेकामे बनाएपनि त्यसले लोकतन्त्रका अवयवहरुलाई निस्कृय बनाइदिएको छ । संसद् प्रभावकारी बन्दा मात्रै लोकतन्त्र सबल र प्रभावकारी बन्ने हो । तर ओली त्यसो गर्ने पक्षमा छैनन् । यस्तै मनसुवा प्रमुख प्रतिपक्षी दलको समेत देखिन्छ । खासगरी संस्थापन पक्षको बुझाईमा अहिले चुनाव भयो भने कांग्रेसले वहुमत प्राप्त गर्ने छ । अनि पाँच वर्ष सरकार चलाउने अवसर आउने छ ।
तर संसद रहेसम्म त्यसालाई चलायमान बनाउन सक्दा मात्रै देश र जनताको भलो हुने कुरा कसैले बिर्सन हुँदैन । क्षणिक लाभ हानीको लेखाजोखा गर्ने काममा अल्मलिंदा लोकतन्त्रको मर्म र भावना नै धरापमा पर्ने अवस्थालाई राम्ररी नियाल्नु पर्ने हुन्छ । ओलीले लिएको बाटोबाट लोकतन्त्र बलियो हुन सक्दैन । त्यसैलाई पछ्याउने काम कांग्रेसले लिनु सर्वथा गलत हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार