‘परिवार पाल्न गुडियाको भर’
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार २०:३५:१७
१६ चैत, तनहुँ । म्याग्देगाउँपालिका–४ निवासी सुकला सुनारले दश दिनको गुडिया बनाउने तालीम सिकेपछि गुडिया बनाएर परिवार पाल्न आफूमा आत्मबल बढेको बताएको छ । गाउँपालिकाले दिएको १० दिनको तालीमबाट सिकेको सीपलाई सदुपयोग गर्दै आयआर्जन क्षेत्रमा समय बिताउने लक्ष्य रहेको उनले बताए। “हातमा सीप भएपछि यत्तिकै बस्दिन”, उनले भने, ‘अब घरमा बसेर काम गरी दैनिकी खर्च जुटाउन सहयोग पुग्ने अपेक्षा गरेको छु ।”
तालीममा सहभागी अर्का म्याग्दे–५ निवासी कमला आलेले सीप सिकेर व्यवसाय शुरु गर्छु भन्ने आत्मविश्वासका साथ तालीम लिएको बताए । सीप जानेपछि आफूमा उत्साह मिलेको छ । उनले भने, “साँच्चीकै बेरोजगार र गृहिणी महिलालाई केन्द्रित गरी तालीम प्रदान गरेर सक्षम बनाएको महसुस गरेको छु ।”
जिल्लाको म्याग्दे गाउँपालिकाको आयोजनामा केही दिनअघि गरिबी निवारणका लागि लघुउद्यम सीप विकास कार्यक्रमअन्तर्गत ३४ जना महिलालाई १० दिने तालीम प्रदान गरेको थियो । गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले महिलालाई आयआर्जन गर्न यस किसिमको तालीम निकै प्रभावकारी हुने बताए । थोरै लगानीमा कोठा भाडामा नलिई आफ्नै घरमा बसी राम्रो आम्दानी गर्न सक्ने अवसर रहेको उनले बताए ।
महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालीम प्रदान गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताए । तालीम प्रदानपश्चात् महिला खुशी भएका छन् । सिकेको सीपलाई व्यवहारमा लागू गरे/नगरेको अनुगमन गरिने उनले बताए । गाउँपालिकाभित्रका महिलालाई आत्मनिर्भर बनाउन यस किसिमको तालीम उपयोगी हुने सोचेर तालीमको आयोजना गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार