ग्रीन डेभलपमेन्ट बैंकसहित तीन कम्पनीको शेयरमूल्य समायोजन
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १६:५:५
१७ चैत, काठमाडौं । मंगलबार नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेपाल इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।
ग्रीन डेभलपमेन्ट बैंक
ग्रीन डेभलपमेन्ट बैंकको यस दिन ३.८ प्रतिशत बोनस शेयर समायोजना भएको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य १६९ रुपैयाँ निर्धारण भएको छ। बैंकले ३.८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २८ गते, होटल बाराही, लेकसाइड, पोखरामा आठौँ वार्षिक साधारण सभा बोलाएको छ।
मिथिला लघुवित्त
नेप्सेले मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १६४२ रुपैयाँ तोकिएको छ।
मिथिला लघुवित्तले १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २९ गते १२ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा होटल राजदरबार एण्ड नवरंग रिसोर्ट, जनकपुरधाममा बिहान ११ बजे शुरु हुनेछ।
नेपाल इन्स्योरेन्स कम्पनी
नेप्सेले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ७८१ रुपैयाँ तोकिएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी तीन कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। सोमबार नेपाल इन्स्योरेन्सको शेयर प्रतिकित्ता ८४३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको शेयर १७५ रुपैयाँमा र मिथिला लघुवित्तको १८३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
नेपाल इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। इन्स्योरेन्सले चैत २७ गते, शुक्रबार, एयरपोर्ट होटल, सिनामङ्गल काठमाडौँमा बिहान ११ बजे ७२ औँ वार्षिक साधारण सभा बोलाएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे
बैशाख ११, २०८१ मंगलबार
सेना र हतियारमा कति खर्चमा अमेरिका पहिलो स्थानमा, भारतले कति खर्च गर्छ ?
बैशाख ११, २०८१ मंगलबार
प्रेमिकाले धोका दिएपछि प्रेमीले उठाए यस्तो डरलाग्दो कदम !
बैशाख ११, २०८१ मंगलबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार