एक करोड २० लाखको लगानीमा बसपार्क निर्माण
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १६:४७:२४
१७ चैत,भरतपुर । चितवनको रत्ननगरमा बसपार्क सञ्चालनमा आएको छ । रत्ननगर नगरपालिकाले वडा नं २ अन्तर्गत सौराहाचोक र टाँडी बजारको बीचमा निर्माण गरेको रत्ननगर बसपार्कको सोमबार औपचारिक उद्घाटन गरिएको हो । बजार क्षेत्रमा हुने सवारीको चापलाई मध्यनजर गरी बसपार्क निर्माण गरिएको नगरपालिकाका प्रमुख नारायण वनले बताए ।
नगरपालिकाको रु एक करोड २० लाखको लगानीमा बसपार्क निर्माण गरिएको हो । टाँडी बजारको सुन्दरताका लागि आकाशे पुलपछि बजारको बीच भागमा पर्ने गरी बसपार्क निर्माण गरिएको प्रमुख वनले बताए । बकुलहर, सौराहाचोक र टाँडीचोकबाट चल्ने म्याजिक, पर्यटकीय बस तथा तीनपाङ्ग्रे सवारी साधन बसपार्कमा पार्किङ हुने उनले जानकारी दिए ।
नगरभित्र पूर्वाधार निर्माणको काम तीव्ररुपमा भइरहेको भन्दै उनले अब हरियाली र सुन्दर पर्यटकीय शहरका रुपमा नगरलाई विकास गर्ने अभियानमा नगरवासीको साथ चाहिएको बताए । “सार्वजनिक जग्गा संरक्षण गर्ने क्रममा हामीले दर्जनौँ मुद्दा खेपिरहेका छौँ”, प्रमुख वनले भने, “जग्गा नभई पूर्वाधार बन्दैनन्, साझा हितका लागि हामी अझै मुद्दा खेप्न तयार छौँ ।” कार्यक्रममा उपप्रमुख विमला दुबाडीले बजार क्षेत्रमा हुनसक्ने सवारी साधनको चापलाई मध्यनजर गरी चिटिक्कको बसपार्क सञ्चालनमा ल्याइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर वनक्षेत्र डढेलोले सखाप
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार