बाइडन किमलाई भेट्न अइच्छुक : ह्वाइट हाउस
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १७:४:११
१७ चैत, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन उत्तर कोरियाली नेता किम जङ-अनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले पुष्टि गरेको छ। बाइडनले किमलाई भेट्न किन चाहेका छैनन् भन्नेबारे ह्वाइट हाउसले केही उल्लेख नगरेको बीबीसीले जनाएकाे छ ।
एकअर्कालाई धम्की दिने गरेको एक वर्षपछि सन् २०१८ मा ट्रम्प र किमबीच पहिलो पटक सिङ्गापुरमा भेटवार्ता भएको थियो। उत्तर कोरियाली नेतालाई भेट्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति थिए। त्यसको एक वर्षपछि सन् २०१९ मा दुई नेताबीच कोरियाली असैनिकीकृत क्षेत्रमा भेटघाट भएको थियो।
दुई साताअघि बाइडन प्रशासनले गत फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरिए पनि प्योङ्याङबाट कुनै जबाफ नपाएको बताएको थियो। समाचारका अनुसार बढ्दो तनावलाई मत्थर पार्न वाशिङ्टनबाट प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरिएको थियो।
प्योङ्याङसँग सम्पर्क गर्ने प्रयासअन्तर्गत न्यूयोर्क च्यानल भनिने संयुक्त राष्ट्रसङ्घमा रहेको उत्तर कोरियाली नियोगलाई समेत प्रयोग गरिएको अधिकारीहरूले बताएका थिए। एक अमेरिकी अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार उत्तर कोरियासँग ‘कैयौँ पटक’ सम्पर्क गर्न खोजिए पनि १२ महिनाभन्दा बढी समयमा कुनै अर्थपूर्ण सम्पर्क स्थापना हुन सकेन।
उत्तर कोरियाली पारमाणविक तथा बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लिएर दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध रहेको छ। किम र उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले बाइडन अमेरिकी राष्ट्रपति बनेको कुरालाई अझै आत्मसात् गरिनसकेको बताइन्छ।बाइडनले उत्तर कोरियाका लागि अमेरिकी नीतिको समीक्षा गर्ने घोषणा गरिसकेका छन्। उत्तर कोरियाली नेता किम जङ-अनको श्रीमती एक वर्षपछि देखा परिन् ।
सन् २०१७ मा उत्तर कोरियाले अमेरिकी शहरहरूमा मार हान्न सक्ने क्षमताका क्षेप्यास्त्र परीक्षण गरेपछि दुई देशबीचको सम्बन्ध झन् बिग्रिएको थियो। कोरोना भाइरस महामारीका कारण अहिले बाह्य विश्वको सम्पर्कबाट अलग्गिएको उत्तर कोरियाका सीमा पनि एक वर्षदेखि बन्द छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार