उरुग्वेका राष्ट्रपतिले लगाए चिनियाँ खोप
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १९:३३:३०
१७ चैत, मोन्टेभिडियो । उरुग्वेका राष्ट्रपति लुइज लाकाल पाउले सोमबार कोभिड–१९ विरुद्धको चिनियाँ खोप कोरोनाभ्याकको पहिलो डोज लगाउनु भएको छ । यो खोप चीनको औषधि निर्माता कम्पनी सिनोभ्याकले उत्पादन गरेको छ ।
राजधानी मोन्टेभिडियोको मासिएल अस्पतालमा खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति पाउले कोरोनाभाइरसको उपचार, हेरचाह र खोप लगाउने कार्यमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरे ।
उरुग्वेले गत मार्च १ देखि खोप अभियान शुरु गरेको थियो । राष्ट्रपति पाउले आफ्नो उमेर समूहले खोप लगाउने पालो आएपछि मात्र आफूले खोप लगाउने घोषणा गरेको थियो ।
उरुग्वेमा ५० देखि ७० वर्ष तथा ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिका लागि खोप अभियान चालू छ । साथै स्वास्थ्यकर्मी, शैक्षिक व्यक्तिहरु र सुरक्षा फौजका सदस्यहरुलाई पनि खोप दिइनेछ ।
उरुग्वेले १८ वर्षभन्दा माथिका सबै व्यक्तिलाई खोप दिने यसअघि नै घोषणा गरिसकेको छ ।
उरुग्वेमा एक महिनाको अवधिमा पाँच लाख ३० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइएको छ, र यो कूल जनसंख्याको करिब १५ प्रतिशत हो ।
सन् २०२० मार्च १३ यता उरुग्वेमा कोभिड–१९ बाट करिब एक लाख व्यक्ति संक्रमित भएका र त्यसमध्ये करिब ९०० व्यक्तिको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार