होली खेल्ने क्रममा विवाद हुँदा एकको मृत्यु, ६ जना घाइते
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार १९:५२:१४
१७ चैत, बारा । होली खेल्ने क्रममा विवाद हुँदा बारामा एक जना महिलाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–२३ भतौडामा होली खेल्ने क्रममा भएको विवादका क्रममा झडप हुँदा स्थानीय ६५ वर्षीया सन्जा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सोमबार भएको झडपमा अन्य ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गिर्जा देवी, रामदेव शाह, राजेश साह, विन्देशवर साह, अम्बिका साह, रामप्रसाद साह सामान्य घाइते भएका छन् । घटनाबारे अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । यसैगरी कलैया उपमहानगरपालिका–२६ का वडाध्यक्ष महेश साह, वडासचिव र एक महिलामाथि कुटपिट भएको छ ।
होली खेल्ने क्रममा भएको झगडा छुट्याउन गएका वडाध्यक्ष साहमाथि नै कुटपिट भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार