सुदूरपश्चिममा दुई लाख बढीलाई कोरोना खोप
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार २०:५:४२
१७ चैत,बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाखभन्दा बढी व्यक्तिले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै गत माघदेखि हालसम्म कूल दुई लाख दुई हजार ८०८ जनालाई खोप दिइएको जनाएको छ ।
सो अभियानमा प्रदेशमा रहेका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका व्यक्तिले खोप लगाएका छन् । कैलालीमा सबैभन्दा बढी ६३ हजार ३९७ लाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
यस्तै, कञ्चनपुरमा ३० हजार २२३, अछाममा २० हजार ५७४, दार्चुलामा १७ हजार १७९, बझाङमा १६ हजार ९७३, बैतडीमा १६ हजार १९५, डोटीमा १४ हजार ६९७, बाजुरामा १२ हजार ३२६ र डडेल्धुरामा ११ हजार २४४ जनाले खोप लगाएका हुन् ।
अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, दोस्रो चरणमा कर्मचारी, सञ्चारकर्मी, सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि र तेस्रो चरणमा ज्येष्ठ नागरिकलाई खोप दिइएको हो ।
सुदूरपश्चिमसहित देशभरि नै गत माघ १४ गतेदेखि नै उक्त अभियान शुरु गरिएको थियो । प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए भने पहिलो खोप स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार