ओलीतन्त्र ढाल्ने कसरतमा वाम नेता
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार २०:२२:११
१७ चैत, काठमाडौं । धेरैलाई आश्चार्य लाग्ला – अबको केही दिन भित्रै पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि नयाँ दशा आइलाग्छ । ललिता निवास जग्गा प्रकरणमा उनीहरुविरुद्ध मुद्धा दायर मात्रै नभई थुनामै राखेर सुनुवाई नहोला भन्न सकिन्न । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीका पछिल्ला गतिविधि र अदालतबाट आउने फैसलाले त्यस्तै संकेत गरेको छ ।
बालुवाटार निकट स्रोत भन्छ– प्रधानमन्त्री ओली एमालेबाट माधव नेपाललाई मात्रै निकाल्न चाहन्छन् । उनको ध्येय जसरी भएपनि माधवलाई एमालेबाट लघार्नु रहेको छ । तर त्यसका लागि उनी धेरै नेतालाई कारबाही गर्ने पक्षमा छैनन् । अहिले नेता नेपाल र भीम रावललाई कारबाही गर्दा बाँकी तर्सने उनको विश्वास हो । तर नेपालले समानान्तर पार्टी संगठन गर्ने र एमालेलाई अफ्ठेरो पार्ने अवस्था भने रहिरहने ओली पक्षको ठम्याई रहेको छ । त्यसैले उनलाई कुनै फौजदारी कसुरमा फसाउन पाए राजनीतिक मुद्धा नै कमजोर हुने ओली पक्षको बुझाई हो ।
ओलीको यो मनसुवा पूरा गर्ने ठाउँ भनेको तत्काललाई यही मुद्धा नै हो । ललिता निवास प्रकरणमा मन्त्रिपरिषदको आडमा भएका नीतिगत फैसला उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा नचलाउने भनेर दिएको उन्मुक्तिलाई चुनौती दिंदै सर्वाेच्च अदालतमा दायर मुद्धाको सुनुवाई थालिएको छ । उक्त मुद्धामा हिजो यसबारे भएका सबै निर्णयको सक्कल पठाउन सर्वाेच्चले मन्त्रिपरिषद सचिवालयलाई आदेश दिइसकेको छ ।
यो प्रकरणको उठान र परिस्थितिबारे धेरै खाले अनुमान लगाइएको छ । संसद् विघटनको विषयमा सर्वाेच्चले गरेको आदेशले खरानी भएका ओली एकाएक अर्काे मुद्धाको आदेशले फेरि भाले बनेका छन् । ओलीको भाले प्रवृत्तिको गति र मतिले अर्को स्वरुप धारण नगर्ला भन्न सकिन्न । अर्थात, अदालतले ओलीलाई राहत पुग्ने गरी फेरि अर्काे फैसला नगर्ला र ? भन्ने आधार बलियो छ ।
माधव नेपाललाई राजनीतिक रुपमा कारबाही गर्दा ओलीलाई दीर्घकालिन रुपमा धेरै घाटा हुन सक्छ । किनभने नेपालमाथि राजनीतिक पूर्वाग्रह राखेको आरोप ओलीमाथि लाग्ने छ । त्यसले ओलीको पार्टी संरचना नै अफ्ठेरो अवस्थामा पुग्न सक्ने देखिन्छ । तर नेपाललाई ललिता निवास प्रकरणमा फसाउन सक्दा सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने अवस्था आउनेछ । त्यसैले जसरी भएपनि सर्वाेच्चले माधव र डा.भट्टराई विरुद्ध फैसला गरिदिओस् भन्ने आकांक्षा ओलीमा व्याप्त देखिन्छ ।
त्यसको संकेत नेपाल र डा. भट्टराईले पनि पाइसकेका छन् । अहिले ओली विरुद्ध सबैभन्दा चर्काे आवाज उठाउनेमा विपक्षमा डा. भट्टराई नै रहेका छन् । उनलाई समेत ठेगान लगाउन पाए समाजबादी जनता पार्टी भित्र आफ्नो प्रभाव जमाउन सकिने विश्वास ओलीमा रहेको छ ।ओलीले चालेको पछिल्ला कदम र अदालतबाट हुने गरेका आश्चार्यजनक आदेशले यस्तो आशंकालाई बल पु¥याएको हो ।
अदालतले यो प्रकरणमा नेपाल र डा. भट्टराईलाई दोषी नदेखाउला भन्न सकिन्न । ओलीले त विगतमा नै अख्तियारमार्फत नेपाल र भट्टराईमाथि मुद्धा चलाउन खोजेका थिए । तर तत्कालिन प्रमुख आयुक्त नवीनकुमार घिमिरेको अडानका कारण रोकिएको हो । यो सबै कुरा नेता नेपाललाई राम्रो जानकारी छ । त्यसैले राज्य संयन्त्रको दुरुपयोग गरेर ओलीले नेपाल र भट्टराईलाई जेलको हावा ख्वाउन बेर लगाउँदैनन् भन्ने धेरै छन् । स्वयं नेपाल र भट्टराईलाई यस्तो आशंका रहेको छ ।
त्यही भएर पछिल्ला दिनमा नेता नेपाल र भट्टराईबीच घनिभूत रुपमा छलफल चलिरहेको छ । ओलीको ज्यादतिबाट उन्मुक्ति पाउन पीडित वाम नेताहरु छुट्टै मोर्चा बनाउन लागिपरेका छन् । स्रोतका अनुसार, यसका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि पटक पटक छलफल भइरहेको छ । सबै कुरा मिल्यो भने यथाशीघ्र प्रचण्ड, माधव, बाबुराम, उपेन्द्र यादव, मोहन वैद्यलगायतको वृहत्तर मोर्चा बनाइने छ । सकेसम्म पुरानो नेकपा प्रकरणलाई नै ब्यूँताएर अगाडि बढ्ने मनसाय नेताहरुको रहेको छ ।
यसका लागि आजै मात्र प्रचण्डले सर्वाच्च अदालतमा नेकपा खारेजी र एमाले – माओवादी ब्यूँताउने फैसला उपर पुनराबलोकन गर्न निवेदन दिइएको छ । यो विषयले सजह निकास पाए त्यसै गर्ने, नत्र वृहत्तर एकताको लागि नयाँ शीराबाट काम थाल्ने सोच नेताहरुको रहेको छ । जे भएपनि ओलीको निरंकुशतन्त्र ढाल्न फेरि पनि वामपन्थीहरु नै अग्रसर हुनुपर्ने अवधारणाको विकास भएको पाइन्छ । त्यसका लागि अब केही दिन प्रतीक्षा गर्नुको विकल्प देखिंदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार