निगमसँग रहेको चिनियाँ जहाज सञ्चालन हुने
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार २०:५३:४४
१७ चैत,काठमाडौं । सरकारी निर्णयअनुसार नेपाल वायुसेवा निगमसँग रहेका छ वटा चिनियाँ जहाजको व्यवस्थापन हुने भएको छ । चिनियाँ जहाज प्रभावकारीरुपमा सञ्चालन तथा व्यवस्थापन हुन नसक्दा आर्थिक भार बेहोरिरहेको निगमका लागि यो व्यवस्थापन निकै ठूलो उपलब्धी हो । निगमसँग दुई वटा ‘एमए ६०’ र चार वटा ‘वाई १२ ई’ गरी छ चिनियाँ जहाज छ । यी जहाज आन्तरिक उडान प्रयोजनका निम्ति ल्याइएको थियो ।
एक एमए ६० र एक वाई १२ जहाज नेपाल सरकारलाई चिनियाँ सरकारबाट ‘जिटुजी’ वापत अनुदानमा प्राप्त गरेको थियो । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले सरकारलाई प्राप्त अनुदानको दुई जहाज वापत थप एक एमए ६० जहाज र तीन वटा वाई १२ जहाज सहुलियतपूर्ण ऋणमा चीनको विमान उत्पादन गर्ने कम्पनी ‘एभिक इन्टरनेश्नल’ बाट खरिद गरेको थियो ।
‘लोड पेनाल्टी’, बीमा, ‘पार्टस’को आपूर्ति, महङ्गो ‘पार्टस’, महङ्गो ‘सिमुलेटर’ तालीमलगायतको समस्याले चिनियाँ जहाजको सञ्चालनमा निगमले निकै नै आर्थिक नोक्सानी बेहोर्दै आएको थियो ।
निगमका सह–प्रवक्ता सुलेख मिश्रका अनुसार २०७७ असार १६ गतेको सञ्चालक समितिको वैठकले सोही वर्षको साउन १५ गतेबाट सम्पूर्ण चिनियाँ जहाज ‘ग्राउन्डेड’ गर्ने निर्णय गरेको थियो । चिनिया जहाजँमध्ये पाँच वटा मात्र सञ्चालन योग्य छन् । एक बिग्रिएको छ । नाइन एन एकेयु कलसाइन जहाज २०७६ चैत १५ गते नेपालगञ्जस्थित धावनमार्गमा दुर्घटना भई सञ्चालन गर्न नमिल्ने अवस्थामा रहेको छ । बाँकी पाँच वटा विमानको लागि ‘लिजआउट’ गर्ने निगमको योजना छ ।
निगमले २०७० र त्यसपछि विभिन्न मितिमा चिनियाँ जहाज भित्र्याएको थियो । २०७१ बाट आन्तरिक उडानमा चिनियाँ जहाज प्रयोग भएको थियो । निगमले चिनियाँ जहाज ग्राउन्डेड गरेदेखि सरकार समक्ष सोको व्यवस्थापनका लागि पत्राचार गर्नुको साथै उपयुक्त व्यवस्थापनका लागि अनुरोध गर्दै आएको थियो ।
सरकारले केही महिनादेखि उक्त जहाज व्यवस्थापनका लागि प्रक्रियागत चरण र सुक्ष्म अध्ययन विश्लेषणपछि व्यवस्थापनका लागि निर्णय गरेको थियो । निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार २०७७ चैत ४ गते अर्थमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट निगमले चिनियाँ जहाजको व्यवस्थापनसम्बन्धी मार्ग प्रशस्त भएको छ । प्रवक्ता श्रेष्ठले चिनियाँ जहाजको स्वामित्व हस्तान्तरण नगरी नेपाल सरकार र निगमको अधिकतम हित हुनेगरी स्वदेशी वा विदेशी वायुयान सञ्चालकलाई लिजमा सञ्चालन गर्न दिन खुला प्रस्ताव आह्वान गरी लिज आउट गर्ने बताईन । निगमलाई सरकारले लिज आउट नभएमा विक्रेता÷उत्पादकसँगको समन्वयमा नेपाल सरकारलाई र निगमलाई अधिकतम हित हुने गरी ती जहाज विक्रीको प्रक्रिया अघि बढाउनुपर्नेछ ।
निगमको आर्थिक अवस्थालाई विश्लेषण गर्दा चिनियाँ विमानबाट निगमलाई आयको तुलनामा व्ययभार प्रत्येकवर्ष थप्दै लगेको देखिन्छ । हाल सरकारको व्यवस्थापनसम्बन्धी निर्णयले निगमलाई ठूलै राहत भएको निगमले उल्लेख गरेको छ । चिनियाँ जहाज ग्राउन्डेड भएपछि निगमसँग आन्तरिक उडानका लागि अहिले मात्र दुई थान टुइनअटर जहाज छन् । निगमले देशका प्रमुख गन्तव्य र क्षेत्रीय उडानसमेत सञ्चालन गर्दै आएको छ । निगमले अन्तराष्ट्रियतर्फ दुई वटा न्यारो बडी ए ३२० जहाज र दुई वटा वाइड बडी ए ३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
मनकामना केबलकार शुक्रबार बन्द हुने
बैशाख ६, २०८१ बिहिबार
प्लाइउड उद्योगमा तीन सय बढी मजदुरले पाए रोजगारी
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार