शुक्रबार , बैसाख १०, २०७८

नेपालको राजनीतिमा सधैं अस्थिरता चाहने “प्रचण्ड मिसन”

नेपालको राजनीतिमा सधैं अस्थिरता चाहने “प्रचण्ड मिसन”

नेपाली राजनीतिमा सत्रैं क्रियाशिल नेताको रुपमा पुष्पकमल दाहाल “प्रचण्ड” लाई लिने गरिन्छ । नेपालमा प्रजातन्त्रको पुर्नस्थापनापछि कहि न कहि, कुनै न कुनै कोणबाट प्रचण्ड राजनीतिक शक्तिको केन्द्रमा रहदै आएका छन् ।

संयुक्त  जनमोर्चा नेपालदेखि माओवादी, एकीकृत माओवादी हुँदै नेकपा र पुनः नेकपा माओवादी केन्द्रसम्मको राजनैतिक यात्रामा उनि सधैं उच्च राजनीतिज्ञ र चर्चाका शिखर पुरुषका रुपमा आफुलाई सधैं उभ्याउन सक्ने एक प्रभावशाली नेताका रुपमा रहेका नेपाली राजनीतिका एक पात्र हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपाली जनतालाई सपनाको पोका बाँडेर जनताको सुखद भविष्यको परिकल्पनाको फाईदा उठाउँदै नेपाली जनताका छोराछोरीलाई बोक्नै नसक्ने गरिका बन्दूक बोकाएर स्वयं आफु पनि जनयुद्ध नामको हिंसात्मक आन्दोलनको भारी बोकेर हिँडेका प्रचण्डले हजारौं नेपाली नागरिकहरुको बलिदानीपूर्ण आन्दोलनले पूर्णता पाउनै आँटेको बेलामा भने पुनः संसदीय अभ्यासको पोखरीमा लगेर जनताले जित्नै आँटेको सिंगो माओवादी आन्दोलनलाई डुबाई दिएका थिए । आफु भने पौडिएर जेनतेन पारि तरे पनि सिंगो माओपार्टी पार्टीको गौरवशाली आन्दोलनलाई तैरिन समेत नसक्ने गरी डुबाई दिएको स्थिति हाम्रा सामु छर्लङ्गै छ ।

बालुवाटार र सिंहदरबार कस्तो हुन्छ ? भनेर कल्पनासम्म नगरेका अभागीहरुले बालुवाटार र सिंहदरबारको दर्शन गर्न पाए । कतिले पुस्तौं पुस्तासम्म प्ग्ने गरी सम्पत्ति सोहोर्न भ्याए । कतिलाई हनिमुन त कतिलाई गुनैगुन लगाएका प्रचण्डलाई जतिले उनको वास्तविकता बुझ्दै गए उनिहरुले बिस्तारै प्रचण्डको साथ छोडदै गए ।

अवसरवादी चरित्र भएकै कारण सँगैका सहपाठीहरु र सहयात्रीहरु डा. बाबुराम भट्टराई, मोहन बैंद्य “किरण”, नेत्र बिक्रम चन्द “विप्लव” गोपाल किँरातीहरुले मात्र हैन आफ्नै विश्वासपात्र ठानी सरकारको गृहमन्त्री बनाएका रामबहादुर थापा“बादल” सम्मका नेताहरुले पनि प्रचण्डसँग साथै बस्न रुचाएनन् । टोप बहादुर रायमाझी र लेखनाथ भट्टहरुसम्मको दर्बिलो साथ पनि प्रचण्डले अहिले आएर पाएनन् ।

संबिधानसभाको पहिलो चुनावमा पहिलो पार्टी बनेको नेपाल कम्युनिष्ट पार्टी “माओवादी” दोश्रो संबिधानसभाको निर्वाचनसम्म आईपुग्दा तेश्रो स्थानमा झरेको थियो । अब एक्लै हिँडेर प्रधानमन्त्री बन्न नसकिने कुरा बुझेका प्रचण्डले नेकपा एमालेलाई सिध्याउने र नेपालमा एकछत्र शासन गर्ने सपना देखे । कम्युनिष्ट एकता नेपाली जनताको भावना र चाहना भन्दा पनि प्रचण्डको स्वार्थपूर्तिका लागि गरिएको हो भनेर उबेलाका बाम विश्लेषकहरु नभनेका पनि होईनन् जुन कुरा अहिले आएर सार्थक शिद्ध भएर सबैका सामु छर्लङ्ग देखिएको छ ।

मौका पर्नासाथ उपयोग गर्न बनाईएका राजनैतिक औजारहरु जव प्रचण्डले प्रयोग गर्न खोजे, तर सबै औजारहरु ओस्सिईएको अवस्थामा भेटिए । हतियार ब्यवस्थापन गरिरहन जङ्गलको ड्यूटीमा राखिएका विप्लव पनि एकाएक बालुवाटारमा भेटिए । जसले गर्दा प्रचण्डको बर्षौसम्मको तानाबाना बुनेको राजनीति रुपी माकुराको जालोमा वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष हैन स्वयं आफै फस्न पुगे ।

एमालेलाई कमजोर नबनाई प्रचण्ड पहिलाको जस्तो राजनैतिक शक्तिमा र पावरमा आउने कुरै थिएन । नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्नु भन्दा एमालेभित्र पसेर प्वाल पार्नु प्रचण्डको पहिलो राजनैतिक योजना थियो जसलाई उनले ३ बर्ष पनि नलगाई पुरा गरेर देखाईदिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेससँग सँगै हिडेको एमालेलाई नेपाली जनताले लोकतान्त्रिक आन्दोलनको संबाहकको प्रतिनिधि पार्टीको रुपमा हेर्न थालिसकेका थिए । तर प्रचण्डले नेकपा एमालेलाई कहिल्यै पनि जोडिन नसक्ने गरी फुटाई दिए । कहिल्यै पनि टाँसिन नसक्ने गरी उप्काईदिए ।

प्रचण्ड शक्तिमा आउन एमाले फुटाउनु सँगसँगै तराई जुटाउनु पनि उत्तिकै आवश्यक थियो । पहिल्यैदेखि तराई आन्दोलनमा लागि रहेका तराईवादी नेताहरुसँग साँठगाँठ गर्न र तराईका जनताको मन नेपाली कांग्रेस/एमालेबाट मोडन नयाँ शक्ति नामको पार्टी खोलेर बसेका आप्mनै सहयात्री बाबुराम भट्टराईलाई खटाए ।

प्रचण्डकै योजना अनुरुप तराईवादी दलमा पहाडवादी नेता डा. बाबुराम र अशोक राईलाई समेत अटाए । मौका पर्नासाथ उपयोग गर्न बनाईएका राजनैतिक औजारहरु जव प्रचण्डले प्रयोग गर्न खोजे, तर सबै औजारहरु ओस्सिईएको अवस्थामा भेटिए । हतियार ब्यवस्थापन गरिरहन जङ्गलको ड्यूटीमा राखिएका विप्लव पनि एकाएक बालुवाटारमा भेटिए । जसले गर्दा प्रचण्डको बर्षौसम्मको तानाबाना बुनेको राजनीति रुपी माकुराको जालोमा वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष हैन स्वयं आफै फस्न पुगे ।

राजनीतिमा धेरै कुटनीति र छलछाम प्रबृत्ति हुने भएता पनि अतिकति ईमान र विश्वास पनि बाँकी नै रहनु पर्छ भन्ने सामान्य मान्यता पनि प्रचण्डमा कहि कतै कहिल्यै देख्न र सुन्न पाईएन । नेकपा एमालेसँग कार्यगत एकता गरेर निर्वाचनमा जाँदा पनि नेपाली कांग्रेससँग सरकारमा रहिरहेको तितो यथार्थतालाई यसपटक ओलीसँगको पार्टी एकता भंग हुँदा पनि ओली सरकारमै बसिरहेर उनले सामान्य राजनैतिक ईमान्दारिता समेत नभएको पुष्टि गरिदिए ।

ओलीले अल्पमतको सरकारे हैसियतले पुनः मध्याबधि निर्वाचनको घोषणा गर्ने कुरा बुझेका प्रचण्डले यदि मुलुकमा चाँडै मध्याबधि निर्वाचन भएमा आफुहरु निमिट्यान्न हुने गरी बढारिन सक्ने अनुमान गरिसकेका प्रचण्डका आगामी राजनैतिक यात्रा झनै चुनौतिपूर्ण देखिन्छन् ।

लाज, शरम, घिनको किञ्चित पनि प्रवाह नगरी उनि र उनको दल नेकपा माओवादी केन्द्र अहिले पनि सरकारमै रहिरहेको छ । हिजो ओलीले संसद बिघटन गर्दा सांसद पद सिद्धिएका र बर्तमानमा सर्बोच्च अदालतले ब्यूँताई दिएको सांसद पदमा लोभिएका प्रचण्ड नेतृत्वको माओवादी केन्द्रका नेताहरुले असंबैधानिक कदम चालेका या अलोकतान्त्रिक कदम उठाएका भनिएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्धमा संसदमा अविश्वासको प्रस्ताव ल्याउन समेत डराई रहेका छन् ।

वर्तमान राजनैतिक परिदृष्यले के देखाईरहेको छ भने प्रचण्ड अहिले पनि केपी ओलीले यसपटक पनि छिट्टै संसद अधिबेशन अन्त्य गरिदिउन भन्ने चाहान्छन् । कतै नेपाली कांग्रेस र मधेशवादी दलसँग प्रधानमन्त्री ओलीको कार्यगत एकता हुने त हैन ? भनेर अत्तालिएका प्रचण्ड यदि ओलीबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउदा पास हुन सकेन र पुनः मध्याबधि निर्वाचनको घोषण भएको खण्डमा आफुहरुलाई अप्ठ्यारो परिस्थिति सृजना हुने भएकोले बरु ओलीले संसद अधिबेशन छिट्टै अन्त्य गरिदिएमा आफु र आफ्ना सांसदको पद केहि समयका लागि लम्बिन सक्ने र संसद भित्र केहि मात्रामा भए पनि चलखेल गर्न सकिने आँकलनमा रहेको देखिन्छ ।

आफुले सरकारलाई दिएको विश्वासको मत(समर्थन) फिर्ता लिने बित्तिकै ओलीले अल्पमतको सरकारे हैसियतले पुनः मध्याबधि निर्वाचनको घोषणा गर्ने कुरा बुझेका प्रचण्डले यदि मुलुकमा चाँडै मध्याबधि निर्वाचन भएमा आफुहरु निमिट्यान्न हुने गरी बढारिन सक्ने अनुमान गरिसकेका प्रचण्डका आगामी राजनैतिक यात्रा झनै चुनौतिपूर्ण देखिन्छन् ।

नेपालको राजनीतिमा अस्थिरता ल्याईराख्न सक्ने हो भने मात्रै आफुले चलखेल गर्ने वातावरण बनिरहने कुरा बुझेका प्रचण्डले नेपालमा दिगो राजनैतिक अवस्था र मुलुकमा दिगा शान्ति भएको भने कहिल्यै देख्न चाहदैनन् भन्ने कुरा अब ऐना जत्तिकै छर्लङ्ग भैसकेको छ । जुन कुरा अब सामान्य नेपाली नागरिकहरुले पनि बुझ्न र महशुस गर्न थालिसकेका छन् । आफु सँधै शक्तिमा रहिरहन चाहना राख्ने प्रचण्डको सधैं फुटाउ र राज गर भन्ने उक्तिलाई पनि चरितार्थ गर्ने अभियानले आगामी दिनमा प्रचण्डलाई कहाँसम्म पुर्याउने हो ? त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय