बुढानिलकण्ठमा प्रचण्ड-देउवाबीच भेटवार्ता
नेपालबहस संवाददाता
चैत १७, २०७७ बुधबार २:४३:२७
१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो बुढानिलकण्ठमा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका माओवादी अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । यस्तै भेटमा प्रचण्डले मिलेर सरकार बनाउने कि नबनाउने फाइनल गर्न आग्रह गरेका छन् । देउवाले भने भोलि जनता समाजवादी पार्टी ‘जसपा’ नेताहरुसँग कुरा गर्ने र पर्सि निर्णय लिने जवाफ दिएको बताइएको छ । माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि प्रस्ताव राख्दै आएको छ ।
प्रचण्डले जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग पनि आजै भेटेका छन्। पछिल्लो समय प्रधानमन्त्री केपी ओलीलाई हटाउन कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बनाएर जाने विषयमा चर्चा भइरहेका छन्। प्रचण्डले हालै छिट्टै नयाँ सरकार बन्ने प्रतिक्रिया दिएका थिए।
विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले गत फागुन ११ गते पुनःस्थापना गरेपछि र फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को गठनका सम्बन्धमा सर्वोच्चले गरेको निर्णयपछि दलहरूबीच नयाँ सत्ता समीकरणबारे छलफल हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार