तीन हजार सवारीसाधन कारवाहीबाट १६ लाख बढी राजश्व
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १२:०:३७
१८ चैत , डोटी । चालू आर्थिक वर्षको साउनदेखि यता कम्तीमा तीन हजार सवारीसाधन कारवाहीमा परेका छन् । पछिल्लो समय यहाँका ट्राफिक प्रहरीले सवारी साधन जाँचमा कडाइ गर्न थालेपछि ठूलो सङ्ख्यामा सावारीसाधन कारवाहीमा पर्न थालेका हुन् ।
पछिल्लो समय यहाँ सवारी दुर्घटना बढ्न थालेको तथा चालक अनुमतिपत्र विना सवारी साधन चलाउनेको सङ्ख्या बढ्दै गएको भन्ने गुनासा बढेपछि ट्राफिक प्रहरी सक्रिए भएको हो । चालु आवको साउन यता साना, ठूला गरी एक दर्जन सवारी दुर्घटना भएको र त्यसमा आठ जनाले ज्यान गुमाइसकेका छन् । दुर्घटनामा परी दश जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विना मापदण्डका यहाँका गाउँघरमा काटिएका सडकमा बढी दुर्घटना हुने गरेको पाइएको छ । गाउँमा सडक पु¥याउने होडबाजीअनुसार सनकका भरमा डोजर प्रयोग हुँदा सवारी दुर्घटना हुने गरेको केआइसिंह गाउँपालिका–५ का चेतराज भट्टले जानकारी दिए । उनका अनुसार नेताले निर्वाचनमा गाउँमा सडक पु¥याउने नागरिकसँग विगतमा गरेको बाँचाअनुसार निर्माण गरिएका सडकको स्तरोन्नति नभएका कारण दुर्घटना हुन थालेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका अनुसार गएको साउनदेखि यता यही चैत्र १५ सम्म ट्राफिक नियम पालना नगर्ने दुई हजार ९६४ सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनबाट रु १६ लाख २८ हजार ५०० राजश्व रकम समेत सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब निरीक्षक अशोक खड्काले जानकारी दिए । उनका अनुसार गत साउनमा ३२८ सवारी साधन कारवाहीमा परेका छन् भने रु एक लाख ८२ हजार ५०० राजश्व सङ्कलन भएको छ । भदौमा २९८ सवारी साधन कारवाहीमा परेका छन् भने रु एक लाख २१ हजार राजश्व सङ्कलन भएको छ ।
यसैगरी असोजमा २९८ सवारी साधन कारवाहीमा परेका छन् भने रु एक लाख ६२ हजार राजश्व सङ्कलन भएको छ । कात्तिकमा ३७४ सवारी साधन कारवाहीमा परेका छन् भने रु एक लाख ९८ हजार ५०० राजश्व सङ्कलन भएको छ । मङ्सिरमा ४३० सवारी साधन कारवाहीमा परेका छन् भने रु दुई लाख ३१ हजार ५०० राजश्व सङ्कलन भएको छ ।
पुसमा ३२ सवारी साधन कारवाहीबाट रु एक लाख ६२ हजार ५०० राजश्व सङ्कलन भएको छ । माघमा ३६१ सवारी साधन कारवाही गरी रु दुई लाख सात हजार राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै फागुनमा ४३१ सवारी साधनमाथि कारवाही गर्दा रु दुई लाख ४१ हजार ५०० राजश्व सङ्कलन भएको छ । यही चैत १५ गतेसम्ममा २११ सवारी साधन ट्राफिक कारवाहीमा परिसकेको र रु एक लाख २२ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । होली पर्व विशेष जाँचका क्रममा मात्रै २५ वटा सवारी साधन कारवाहीमा परेको र त्यसमध्येका दुई वटा जीप, ६ मोटरसाइकल र एक अटो गरी नौ सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
आइतबार मात्रै कारवाही गरिएका सवारी साधनबाट रु १७ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी हवल्दार पुकार बोहराले जानकारी दिए । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालकलाई सचेतना कार्यक्रम, विद्यालयमा जनचेतना कार्यक्रम र सरोकारवालालाई सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा कच्ची तथा साघुँरा सडक भएका कारण पनि बढी सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
चोभार सुक्खा बन्दरगाह, सडक असुविधाले सामान गन्तव्यमा पुर्याउनै झन्झट
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार