८१ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १३:२५:४६
१८ चैत, काठमाडौं । खोटाङमा निजी आवास पुनःनिर्माणको काम ८१ प्रतिशत पूरा भएको छ । भूकम्प गएको चार वर्ष सम्ममा दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ४६२ र प्रबलीकरणतर्फका ३६१ परिवार गरी कुल आठ हजार ८२३ लाभग्राही मध्ये जन्मा ८१ प्रतिशतले मात्र निजी आवास पुनः निर्माणको काम सम्पन्न गरेका हुन ।
यसै गरी १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माणको काम सम्पन्न गरिएको छ । भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अपाङ्गमैत्री र महिलामैत्री विद्यालय भवनहरु निर्माण सम्पन्न गरिएको ती भवनहरु अपाङ्गगता एवम् वाल मैत्री रहेका छन्।
भूकम्पपछि अस्थायीरूपमा स्थापना भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) शाखाले ९२ वटा र गैरसरकारी संस्थाले १४ वटा गरी हालसम्म कुल १०६ वटा भवन निर्माण सम्पन्न भएको एकाइ प्रमुख बाबुराम पोखरेलले बताउनुभयो । गैरसरकारी संस्थाले ऐँसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकामा १४ वटा भवन निर्माण गरेको जनाइएको छ ।
यस्तै १५ वटा विद्यालयमा खानेपानी आयोजना सम्पन्न भएको छ । प्रत्येक विद्यालयमा रु सात लाख ४० हजार लागतमा खानेपानी योजना सञ्चालन गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार