
१८ चैत, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेता घनश्याम भुसालमाथि पार्टी फुटाउन सक्रिय भएको आरोप लगाएका छन् । थापाले ट्वीट चुनाव जित्यो कि फुटमा सक्रिए भएको आरोप लगाएका छन् । उनले प्रश्न गरेका छन् संयोग कि नियति ?
ओलीका प्रेस सल्लाहकार थापाले भुसालले अहिलेसम्म जम्मा दुई वटा निर्वाचन जितेको आरोप लगाएका छन् । भुसालले २०५१ र २०६४ सालमा जम्मा दुई वटा चुनाव जितेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।
घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयाे –
१.२०५१ पछि उपनिर्वाचन जित्नुभयाे र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमाेहन अधिकारीले निश्कासन गर्नुप-याे ।
२.०७४ मा जित्नुभयाे र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयाे।
चुनाव जित्याे कि फुटमा सक्रिय,
संयाेग कि नियति ? pic.twitter.com/3YX0axHATO— Surya Thapa (@ThapajiSurya) March 31, 2021
प्रतिक्रिया