नयाँ सरकार बनाउन प्रचण्ड कस्सिए
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १८:३०:२१
१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गएको साता भनेका थिए– अहिलेपनि म सबैभन्दा लोकप्रिय नेता हुँ । किनभने मलाई सबैभन्दा मन नपराउनेहरुले समेत समर्थन गरिरहेका छन् । प्रधानमन्त्री ओलीको संकेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर लक्षित थियो । तैपनि प्रचण्ड मुश्कुराउने भन्दा अर्काे विकल्प दिन सकिरहेका छैनन् । निकटवर्तीहरुसँग भन्ने गर्छन्– के गर्नु ? मुटुमाथि ढुँगा राखी हाँस्नु प¥या छ ।
हुनपनि प्रचण्डलाई नै अहिले सत्ता राजनीतिको सबैभन्दा सकस छ । फागुन २३ पछि प्रधानमन्त्री ओलीसँग राजनीतिक नाता टुटेको भएपनि राजकीय समर्थन भने यथावत छ । धेरैले उनको यो निर्णयलाई लिएर टीका टिप्पणी गर्छन् । तर उनी खुलेर बताउने अवस्थामा छैनन् । गएको आइतवार भने उनले अब यस्तो परिस्थिति लामो समय नरहने उद्घोष गरेका छन् । अब जस्तो सुकै अवस्था आइपरेपनि ओली सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने निश्कर्षमा उनी पुगेका छन् ।
तत्काल समर्थन फिर्ता गर्दा ओलीको पक्षमा वहुमत पनि नजुट्ने र विपक्षमा समेत समर्थन नमिल्ने संकेत पाएपछि प्रचण्डले यस्तो निर्णय लिएको बुझ्न सकिन्छ । यस्तो परिवेशमा फेरि पनि ओली नेतृत्वकै सरकारले मध्यावधि निर्वाचन गर्ने निश्चित छ । जो, प्रचण्डका लागि प्रियकर होइन । त्यसैले उनी लामो समयदेखि अन्योल र अनिर्णयको बन्दी बनेका हुन् ।
तर यस्तो अवस्था लामो रहने छैन भन्ने उनको पछिल्लो उद्घोषलाई सही साबित गर्न हिजो सकृयता बढाए । हिजो दिउँसो उनले दुईजना प्रतिपक्षी दलका नेतासँग व्यक्तिगत छलफल गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग प्रचण्डले अलग अलग कुरा गरे ।
ओलीको विकल्प दिन उनी हतारिएका छन् । तर परिस्थिति उनले सोचे बमोजिम छैन । देउवालाई प्रधानमन्त्री बनाउन सजिलो त छ , तर उनीपनि अर्ली इलेक्सनकै पक्षमा छन् , जो प्रचण्ड तत्काल चाहँदैनन् । समस्या यहीं छ–खुमलटार निकट स्रोत भन्छ । देउवाले प्रतिनिधिसभाको बाँकी कार्यकाल पूरा गर्ने प्रतिवद्धता जनाउने हो भने प्रचण्डले तत्कालै समर्थन फिर्ता लिने छन्– स्रोत भन्छ ।
तैपनि अब लामो समय यही स्थिति चाहिं नरहने उनको भनाई छ । हिजो प्रचण्डले देउवासँगको भेटमा पुरानै प्रतिवद्धता दोह¥याउन खोजे । तर देउवाले भने पहिलो सर्त नै ओली सरकारमाथि कायम माओवादी समर्थन फिर्ता भन्ने रह्यो । साथै, नेकपा खारेजीको विषयमा प्रचण्डले सर्वाेच्च अदालतमा गरेको पुनरावलोकन प्रकरणले समेत अन्योल थपेको प्रसंग देउवाले उठाएका थिए । जवाफमा प्रचण्डले यो विषय आफ्नो भन्दा माधव नेपालहरुको लागि बढी चासोको रहेको सुनाएका थिए ।
देउवा भने सकारको नेतृत्व लिन तयार भएपनि जनता समाजवादी पार्टी भित्रको अन्योल र अस्थिर चरित्रले समस्या परेको तर्क गरिरहेका थिए ।
हामी ओलीविरुद्ध गठबन्धन बनाउनतिर लाग्ने अनि जसपाले भने ओलीलाई नै समर्थन गर्ने अवस्था रह्यो भने कच्चा खेल हुन्छ भन्ने देउवाको भनाइ आएको छ । हुनपनि अहिले सरकारले जसपाले उठाएको रेशमलाल चौधरीको रिहाईको विषयमा थारुकल्याणकारी सभासँग घनिभूत वार्ता गरिरहेका छन् । यसमा ओली सकारात्मक रहेको कुरा बाहिर आएको छ भन्दै देउवाले पहिलो यो प्रकरण टुंगिएपछि मात्रै सत्ता राजनीतिमा ध्यान दिने संकेत गरेका थिए ।
लगत्तै प्रचण्ड लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए । त्यहींबाट प्रचण्डले डा. भट्टराईलाई फोन गरे । अनि भेट गर्न टोखास्थित भट्टराई निवास पुगेका थिए । उनीहरुबीच भएको कुराकानीमा पनि ओलीको विकल्प दिनैपर्ने विषय प्रमुख थियो । तर कांग्रेस र माओवादी नै प्रष्ट नभएको आरोप डा. भट्टराईले लगाएका थिए । यसरी हेर्दा अहिले पनि नयाँ सरकार बनाउनतिर प्रमुख दलहरु आफैंमा अल्मलिएका छन् । त्यसको राजनीतिक लाभ भने ओलीले प्राप्त गरिरहेका छन् । तर अब धेरै दिन यस्ता्े अवस्था रहने छैन , आर कि पार भइहाल्छ –माओवादी निकट स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार