किसानलाई अनुदानमा कृषि सामग्री वितरण
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १८:५५:५६
१८ चैत,म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा कृषि सामग्री र औजार उपलब्ध गराएको छ । कृषिमा यान्त्रिकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन सामग्री र औजार खरिदमा अनुदान उपलब्ध गराएको हो ।
दुई सय ६१ जनालाई प्लास्टिक टनेल, ७८ लाई स्प्रे, ७४ लाई सिकेचर, २९ लाई यान्त्रिक हलो, १० पिसानी मिल, ८ च्यापकटर र १३ वटा थ्रेसर वितरण गर्न शुरु गरेको गाउँपालिकाका कृषि प्राविधिक मनोज सुवेदीले जानकारी दिए ।
गाउँपालिकाको केन्द्र मौवाफाँटमा मङ्गलबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले कृषि सामग्री र औजार वितरण शुरुआत गरेका थिए । “किसानलाई सामान खरीदको कूल मूल्यमा ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ,” प्रमुख सुवेदीले भने, “कृषि सामग्री खरीदमा आठ लाख र यान्त्रिकरणका लागि रु १६ लाख विनियोजन गरेको थियो । किसानकोसहित रु ४८ लाख मूल्य बराबरको सामग्री वितरण गरिएको हो ।”
गत कात्तिक २० गतेको कार्यपालिका बैठकले पारित गरेको कृषि यान्त्रिककरण कार्यक्रम कार्यविधि २०७७ लाई आधार मानेर गत मङ्सिर २१ देखि पुस ६ गतेसम्म किसानबाट माग सङ्कलन गरिएको थियो । “टनेल, स्प्रे र बिउबिजन माग गरेका सबै किसानले पाएका छन्,” कृषि प्राविधिक सुवेदीले भने, “यान्त्रिक हलो, थ्रेसर, च्यापकटर र पिसानी मिल भने समूह र फर्मलाई उपलब्ध गराइएको छ ।” विभिन्न फर्मलाई प्रतिस्पर्धा गराएर सामान खरीदको न्यूनतम मूल्य राखेर छनोट गरिएको र किसानमार्फतनै भुक्तानी हुने प्रक्रिया रहेको छ ।
एक सय २० ग्रामको ६ मिटर चौडाइ र १२ मिटर लम्बाइ भएको प्लास्टिक टनेल प्रतिगोटा रु पाँच हजार ८००, डिजेलबाट चल्ने ५।५ हर्सपावर क्षमताको यान्त्रिक हलोलाई रु ४७ हजार, घाँस पराल काट्ने च्यापकटर प्रतिगोटा रु ३८ हजारका दरले आपूर्ति गरिएको जनाइएको छ ।
पिसानी मिल प्रतिगोटा रु २३ हजार ८००, थ्रेसर प्रतिगोटा रु ५९ हजार, सिकिचर प्रतिगोटा रु एक हजार पचास र स्प्रेयर रु दुई हजार पचास न्यूनतम मूल्यमा सामान आपूर्ति गर्ने कबोलेका थिए । कूल मूल्यको ५० प्रतिशत किसान, फर्म, सहकारी र समूहले व्यहोरेका हुन् ।
तीन हजार किबी, तीन हजार दाँते ओखरका बिरुवा वितरण गरिसकेको गाउँपालिकाले बर्खा मौसममा सुन्तला जात फलफूल र केराका बिरुवा वितरण गर्ने जनाएको छ । कृषि ज्ञान केन्द्र र अन्य सरकारी निकायबाट सुविधा नपाएका साना कृषकलाई लक्षित गरेर सामग्री र औंजार वितरण गरेको अध्यक्ष भण्डारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार