विसर्जनवादीसँग झुकिंदैन : नेपाल
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १९:२०:३०
१८ चैत, काठमाडौं । अनुशासनहिन काम र गतिविधि गरेको आरोपमा ६ महिनाका लागि निलम्बनमा परेका माधवकुमार नेपाल आफ्नो गुटगत भेला र गतिविधि अझै तीब्र बनाउने अभियानमा जुटेका छन् । यसैक्रममा आज आफू निकट राष्ट्रिय युवा संघको एक कार्यक्रममा सहभागी नेता नेपालले प्रधानमन्त्री केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत बनाउन खोजेपनि त्यसलाई बिफल बनाइने दाबी गरे ।
संघले स्थापना गरेको कार्यालय भवनको उद्घाटन गर्दै नेता नेपालले अबका दिन एमालेका लागि अझै चुनौतीपूर्ण रहने दाबी गरे । एमाले पार्टी हामीले बनाएका हौं, अहिले केही मानिस मन्त्री र पद खान आएकाले यो विरासत निर्माण गरेको होइन, त्यसैले एमालेको मूलधार भनेका हामी हौं, कसैले कारबाही गर्ने हैसियत राख्न सक्दैन–नेता नेपालले भने ।
अब देशव्यापीरुपमा कम्युनिष्ट विचारधारा र दर्शनलाई नयाँ ढंगले जीवनशैलीका रुपमा उतार्ने असली वामपन्थीहरुको मोर्चाबन्दी गर्नुपर्ने आवश्यकता रहेको समेत उनले प्रष्ट्याए । कम्युनिष्ट आन्दोलनलाई हामी छिन्नभिन्न पार्न दिने छैनाैँ भन्दै नेता नेपालले विसर्जनवादी शक्तिलाई परास्त गर्न कृयाशील रहनेसमेत उनले बताए ।
सोही कार्यक्रममा नेता नेपालले आफू पक्षीय बेग्ले कार्यालय रहने संकेत गर्दै भने – हामीलाई पनि भेला छलफल गर्न कार्यालय चाहिएको छ , जानकारी भए भन्नुहोला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार