ओली सरकारको म्याद चैत २३ गतेसम्म मात्रैः गुरुङ
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार २०:३८:४
१८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले वर्तमान केपी ओली नेतृत्वको सरकारले यही चैत २३ गते भित्र विश्वासको मत लिन नसके अवैधानिक हुने जिकीर गरेका छन् । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै माओवादी संंसदीय दलका प्रमुख सचेतक समेत रहेका गुरुङले यस्तो जिकीर गरेका हुन् ।
सर्वाेच्च अदालतको फागुन ११ गते आएको संवैधानिक इजलाशको फैसलालाई उधृत गर्दै नेता गुरुङले भने–फैसलाले वर्तमान सरकारलाई संविधानको धारा ७६ को उपधारा १ अन्तर्गत भनेको छ, तर फागुन २३ को अर्काे फैसलाले सरकार धारा ७६ को उपधारा २ मा रुपान्तरण भएकाले विश्वासको मत लिनैपर्ने वाध्यता छ । तर ओली सरकारले अहिलेसम्म त्यस्तो प्रयास गरेको छैन । अब केवल केही दिन मात्र बाँकी छ ।
फागुन २३ गतेले नेकपा विभाजित गरी पूर्वास्थामा पु¥याएकाले स्वभाविक रुपमै प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ – उनको दाबी छ । कानून व्यावसायीसमेत रहेका गुरुङले दल विभाजन भइसकेको अवस्थामा धारा १०० को उपधारा २ आकर्षित हुने धारणा राखेका छन् ।
उक्त धारामा दल विभाजित भएमा वा सरकारमा रहेको दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिन भित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार