ओली समस्या, म समाधानः नेपाल
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार २१:२०:५९
१८ चैत, काठमाडाैं । नेकपा एमालेबाट निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली नेकपाको समस्या मात्र भएको बताएका छन् । आफू निकट राष्ट्रिय युवा संघको एक कार्यक्रमलाई संवोधन गरी बाहिरिने क्रममा नेता नेपालले भने एमाले भित्र ओली समस्या हुन् भने माधव नेपाल समाधान हो ।
आफूमाथि गरिएको कारबाही नक्कली भएको उनको दाबी छ । असली एमालेले मलाई कारबाही गर्ने ठाउँ छैन, मन्त्री खान आएकाहरुको फौजबाट यस्तो काम भएको छ – उनले भने । यो भन्दा हाँस्यास्पद निर्णय के हुन सक्छ ? उनको प्रश्न छ । देशै भरिका असली एमालेको भावना बोकेर आफू अगाडि बढ्ने भन्दै नेता नेपालले भने–अझै पनि ओलीलाई सच्चिने अन्तिम मौका दिन्छौं । सुध्रिएनन् भने उनलाई ठेगान लगाउन कुनै गाह्रो छैन ।
फागुन २८ को अवैधानिक निर्णय सच्याउने हो भने अझै एमाले एकतावद्ध हुन सक्छ नत्र के हुने हो भन्न सकिन्न– उनले भने । अब नयाँ पार्टी बनाउनु हुन्छ त ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने – असली एमालेलाई निकालेर सडकमा पु¥याउन खोजियो भने त्यसको परिणाम के होला?त्यो त स्वयं ओलीले बुझ्ने हो ।
आफूहरु देशैभरका कार्यकर्ताको सम्पर्कमा रहेकाले उनीहरुको चाहना र भावना बमोजिम अगाडि बढ्ने नेता नेपालले बताए । फागुन २३ को सर्वाेच्च अदालतको निर्णय राजनीतिक प्रकृत्तिको भएकाले आफूहरुको असहमति रहेपनि अस्वीकार भने नगर्ने भन्दै त्यही फैसलाको मर्म र भावना अनुरुप चल्न आफू तयार रहेको पनि उनले प्रष्ट्याए ।
अदालतले २ जेठ , २०७५ मा फर्कन भनेकोमा फागुन २८ को निर्णय नै प्रमुख वाधक भएकाले सोही बमोजिम अगाडि बढ्न तयार रहेको तर ओलीले नमानेकाले समस्या आएको नेता नेपालले बताए । एमाले भन्ने पार्टी निर्माणमा ओलीको कुनै भूमिका नरहेको दावी गर्दै नेता नेपालले ढोडको तोक्मा लगाएर कारबाहीको नाटक गर्नुको कुनै औचित्य नरहेको प्रष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट
बैशाख ७, २०८१ शुक्रबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्ने
बैशाख ७, २०८१ शुक्रबार
कप्तान रोहित पनि आउट !
बैशाख ७, २०८१ शुक्रबार