उपत्यकाको कोरिडोर सडकमा ट्राफिकको ‘सिएमटी’
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार २२:१६:२१
१८ चैत,काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडोरका सडकमा सवारी आवागमन व्यवस्थापनका लागि आजदेखि छुट्टै ट्राफिक टोली परिचालन गरेको छ । कोरिडोर क्षेत्रका सडक प्रयोग बढाउँदै मुख्य सडक क्षेत्रमा जाम कम गर्ने लक्ष्यसहित ‘कोरिडोर म्यानेजमेन्ट टिम’ ‘सिएमटी’ परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए ।
महाशाखाले आज एक समारोहबीच उक्त टोलीलाई ट्राफिक ज्याकेट हस्तान्तरण गर्दै तोकिएको क्षेत्रमा खटिने गरी परिचालन गरेको छ । कोरिडोरको ट्राफिक व्यवस्थापन १५ समूहमा ३० जना प्रहरी खटाइएको छ । कोरिडोर सडक प्रयोग बढाउँदा मुख्य रुटमा सवारीसाधनको चाप कम हुने हुँदा जाम घट्ने आशा लिइएको भट्टराईले बताए ।
पछिल्ला समयमा ट्राफिक व्यवस्थापन फितलो बन्दै गएको जनगुनासो बढ्दै गएको छ । यसअघि सञ्चालन भएका कतिपय ट्रापिक सम्बन्धीका कार्यक्रम रोकिएका छन् भने विगतकै अभियानको निरन्तरतास्वरुप बेलाबेलामा स्वयंसेवक परिचालन गरिएको बाहेक नयाँ कार्यक्रम खासै देखिएको छैन ।
यद्यपि आज भने महाशाखाले कोरिडोर व्यवस्थापन समूह खटाएर एउटा नयाँ कार्यक्रमको थालनी गरेको छ । महाशाखा प्रमुख भट्टराईले उक्त समूहले कोरिडोरमा नखुलेको बाटो खुलाउने, अव्यवस्थितलाई व्यवस्थित बनाउने र आवागमन सहज बनाउनमा ती प्रहरीको जिम्मेवारी रहने जानकारी दिए । उपत्यकाको मुख्य कोरिडोर क्षेत्र विष्णुमति, वाग्मती, धोबिखोला र मनोहराको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन उक्त योजना लागू गरेको हो । खटिएका ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा मोटरसाइकलसमेत प्रयोग गर्नसक्ने छन् ।
महाशाखाले कोरिडोर सडकमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटना क्षेत्रमा छिटो ट्राफिक परिचालन तथा अव्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यसहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको जनाइएको छ । समूहले सवारी चालकलाई आफ्नो गन्तव्यसम्म पुग्न छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहनसमेत गर्नेछ । करिडोर सडकको प्रयोगले मुख्य सडकमा हुने सवारी चापमा कमी ल्याउनुको साथै सवारी आवागमन तथा ट्राफिक व्यवस्थापनमा समेत सहजता प्रदान हुने अपेक्षा गरिएको छ ।
उक्त समूहले तोकिएको इलाकामा निरन्तर अनुगमन गरी सवारी आवागमनमा सहज बनाइ कोरिडोर सडक नियमित गर्ने, पुल तथा क्रसिङमा हुने चाप रक्यूलाई व्यवस्थापन गर्ने र जथाभावी पार्किङ गर्ने प्रवृत्तिलाई निरूत्साहित गरी कोरिडोर सडक प्रयोग गर्ने परिपाटीको विकास गर्न भूमिका खेल्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार