एप्पल संस्थापक जब्सकाे दरखास्त अढाई करोडमा लिलाम
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार २२:३७:३४
१८ चैत, एजेन्सी । एप्पल संस्थापक स्टिभ जब्सकाे दरखास्त अढाई करोडमा बिकेको छ । एप्पल कम्पनी स्थापना गर्नु अगाडि जब्सले १८ वर्षको उमेरमा अमेरिकाको रिड कलेजको पढाइ छाडेका थिए । पढाई छाडेसँगै अरु कलेज ड्रपआउटहरुले जस्तै जब्सले पनि जागिर खोज्न सुरु गरे । र, जागिरको खोजीमा सबैभन्दा पहिले जब्सले लेखेको मध्येको एक दरखास्त हालै अढाई करोड रुपैयाँ भन्दा धेरै मूल्यमा लिलाम भएको हो ।
सन् १९७३ मा जब्सले जागिरका लागि दिएको उक्त दरखास्त बेलायतको चार्टरफिल्डमा भएको लिलामीका क्रममा १ लाख ६२ हजार ब्रिटिस पाउण्ड अर्थात् २ करोड ५८ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम भएको हो। स्टिभ जब्सले सन् १९७४ मा अटारी कम्पनीमा जागिरमा प्रवेश गर्नुअघि उनले आफ्नै हातले लेखेको जागिरको निवेदनको सक्कल प्रति लिलाम बढाबढमा बिक्री भएको हो ।
आफ्नो दरखास्त निवेदनमा उनले आफूसँग फोन नम्बर नभएको तर सवारी चालक अनुमतिपत्र रहेको जनाएका छन् । साथै विगतका अनुभव भन्ने खण्डलाई उनले खाली छाडेका छन् । त्यस्तै यातायातको पहुँच छ वा छैन भन्ने प्रश्नको जवाफमा उनले सम्भव तर ढुक्क होइन भनेका छन् । शैक्षिक योग्यताको खण्डमा उनले आफ्नो मुख्य विषय अंग्रेजी साहित्य रहेको पनि उल्लेख गरेका छन् ।
आफ्नो रुची अन्तर्गत उनले कम्प्युटर डिजाइनिङ तथा क्याल्कुलेटर्सको क्षेत्रमा आफूसँग सीप तथा क्षमता रहेको भन्दै डिजाइन, विद्युतीय प्रविधि र डिजिटल प्रविधिको क्षेत्रमा आफ्नो रुची रहेको निवेदनमा उल्लेख गरेका छन् । अहिलेको रोजगार बजारमा प्रचलित दरखास्तहरु भन्दा जब्सको दरखास्त निकै सामान्य छ त्यसमा उनले आफूलाई बढाईचढाई गरेका छैनन् ।
सन् १९७४ मा अटारी कम्पनीमा जागिर सुरु गरेसँगै जब्सले स्टिभ वोज्नियाकलाई भेटेका थिए र ती दुईले एउटा ग्यारेजबाटै सन् १९७६ मा एप्पल कम्पनीको स्थापना गरेका थिए ।
लिलामकर्ताका अनुसार उक्त दरखास्तको सक्कल निकै दुरुस्त अवस्थामा रहेको छ र कागजको सुरक्षाको लागि बाहिरी घेरामा टेप टाँसिएको छ । दरखास्तको सक्कल प्रमाणितका लागि सँगै एउटा पत्र तथा प्रमाणपत्र समेत राखिएको छ । गत फेब्रुअरी २४ देखि मार्च २४ सम्म भएको लिलामीका क्रममा जब्सको पत्र बढाबढमा बिक्री भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार