काजीरोशन साहित्य पुरस्कार षडानन्द पौडेललाई
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार २३:१६:२
१८ चैत,बलेवा । धौलागिरि साहित्य प्रतिष्ठानले यस वर्षको ‘काजी रोशन साहित्य पुरस्कार’ डा षडानन्द पौडेललाई प्रदान गरेको छ । ‘काजी रोशनको काव्य साधना’ नामक अनुसन्धनात्मक कृषिका लेखक पौडेललाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु १५ हजार र सम्मानपत्र रहेको छ ।
पौडेलले काजी रोशनको काव्य साधना अनुसन्धानपछि पुस्तक आकारमा समेत प्रकाशित गरिसकेका छन् । विगत १९ वर्ष धौलागिरि बहुमुखी क्याम्पसमा नेपाली साहित्य विषयमा प्राध्यापन गरेका उनी पाँच वर्षदेखि काठमाडौंको सरस्वती बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् ।
त्यस्तै भानु जयन्तीको अवसरमा प्रदान गर्नुपर्ने भए पनि कोरोना सङ्क्रमणका कारण स्थगित भएको ‘बम सरस्वती स्मृति पुरस्कार’ काभ्रेको पनौतीका सूर्यप्रसाद लाकोजूलाई दिइएको छ । साहित्य क्षेत्रमा योगदान गरेको भन्दै लाकोजूलाई पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका सदस्य हरिप्रसाद पाण्डेयले बताए । कार्यक्रममै बाग्लुङको गलकोट घर भई चितवनमा बस्दै आएकी राधिका कल्पितद्वारा लिखित ‘बरफका कोइलाहरु’ नामक कविता सङ्ग्रह विमोचनसमेत भएको थियो । धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले सो कृतिको विमोचन गरे ।
सो अवसरमा अधिकांश वक्ताले काजी रोशनले नेपाली भाषा र साहित्यको विकासमा योगदान गरेको र नयाँ पुस्तालाई अगाडि बढ्न प्रेरणा दिने गरेकोसमेत बताए । कार्यक्रममा साहित्यकार काजी रोशनले भद्रकुमारी घले कृतित्व पुरस्कारबाट प्राप्त रु ५० हजार प्रतिष्ठानको कोषमा बुझाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार