शुक्रबार , बैसाख १०, २०७८

एनएलजीले हितग्राहीको खातामा शेयर पठाएसँगै कारोबार खुल्यो

एनएलजीले हितग्राहीको खातामा शेयर पठाएसँगै कारोबार खुल्यो

१८ चैत, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत मंसिर ५ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित संस्थागत समुहको शेयर समायोजन पश्चात सहज विक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । कम्पनीले प्रबन्ध पत्रको दफा ५ ग १ तथा नियमावलीको नियम ५ ग १ मा भएको व्यवस्था अनुसार हाल कायम संस्थापक शेयरधनीहरुको ९५ प्रतिशत शेयर सर्वसाधारण समुहमा समायोजन गरि हितग्राही खातामा पठाइएको जनाएको छ ।

गत चैत ५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको खातामा शेयर जम्मा भएको कम्पनीले जनाएको छ । कम्पनीले हाल सम्म पनि शेयर अभौतिकीकरण नगराउने शेयरधनीलाई जतिसक्दो छिटो शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ । शेयर अभौतिकीकरण नगरेसम्म शेयरधनीको खातामा शेयर ट्रान्सफर गर्न कम्पनी असमर्थ रहने जनाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कम्पनीले गत चैत ६ गतेसम्म शेयर धितो राखी कर्जा लिएका शेयरधनीको हकमा कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी शेयरधनीले शेयर फुकुवा गर्न आवश्यक प्रक्रिया पुरा गरी शेयर फुकुवा रहे नरहेको यकिन गर्न अनुरोध गरेको छ । संस्थापक शेयरलाई सर्वसाधारण समुहको शेयरमा परिणत गर्न कम्पनीको शेयर रजिष्ट्रार आरवीवी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकुमा सम्पर्क राख्न कम्पनी सचिव मनोज श्रेष्ठले अनुरोध गरेका छन् ।

एनएलजी इन्स्योरेन्स कम्पनीको २० लाख ८३ हजार ११३.४५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन भएको थियो । योसंगै कम्पनीमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय