एमाले फूटाउने अभ्यासमा नेपाल समूह
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १६:१५:०
१९ चैत, काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र प्रवेश निषेध गरेपछि एमालेको माधवकुमार नेपाल पक्षले एक महिनाभित्र गाउँस्तरसम्म समानान्तर कमिटी निर्माण गर्दै पार्टी फूटाउने अभ्यासको थालनी गरेको छ । एक सातासम्म एमाले नेपाल पक्षको औपचारिक अनौपचारिक बैठकले समानान्तर कमिटी निर्माणका लागि सबै शक्ति खर्च गर्ने निर्णय गर्दे पार्टी विभाजन अभ्यासको थालनी गरेको हो ।
त्यसकै लागि शुक्रबार (भोली) बस्ने सो पक्षको स्थायी कमिटी बैठकलगत्तै प्रदेशका इन्चार्ज तथा केन्द्रीय सदस्यहरु तल्ला कमिटी गठनका लागि जिल्ला जिल्ला पुग्ने कार्यक्रम तय गरिएको स्रोतको दावी छ । उनीहरुले केन्द्रमा छुट्टै सम्पर्क कार्यालय खोल्ने र त्यहीबाट पार्टीको गतिविधि सञ्चालनको तयारी गरेका छन् । हालसम्म नेपाल समूहले अर्घाखाँची, गोर्खा, खोटाङ, भोजपुर, संखुवासभामा कमिटी बनाइसकेको छ । त्यसलाई उनीहरुले २०७५ जेठ २ गतेको कमिटी ब्युँताएको बताउने गरेका छन् । तत्कालिन समयमा नेपाल पक्षको ४२ जिल्ला कमिटी अध्यक्षमा होल्ड भएको थियो । अहिले पनि सोही जिल्ला कमिटीलाई व्यूताएर अघि बढ्ने नेपाल पक्षले जनाएको छ ।
सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन हुनुका साथै एमाले माओवादीसँग एकीकरण हुनुभन्दा अघिल्लो दिन अर्थात् २०७५ जेठ २ गतेको अवस्थामा पुगेको नेपाल पक्षको दावीलाई ओली समूहले निषेध गर्दा समानान्तर पार्टी गठन मात्र नभई विभाजनको अवस्थामा पुगेको छ । यदि त्यसो नगर्ने हो भने एमालेका सबै कमिटीहरु त्यहि बिन्दुबाट सक्रिय बनाउनुपर्ने त्यसो नभए पार्टीलाई नेपाल पक्षले पुर्नगठन गर्ने दावी गरिएको छ ।
नेपाल पक्षका नेता रामकुमारी झाक्रीले अबका केही समय पार्टी निर्माणमा लाग्ने बताइसकेकी छिन् । ‘अबको केही समय हामी पार्टी निर्माणमा लाग्छौ यसको अर्थ छुट्टै पार्टी निर्माण गर्ने भनिएको होइन एमाले भित्रको हैकमवाद र व्यक्तिवादलाई नियन्त्रणको प्रयास गर्ने हो’, नेतृ झाक्रीले भनिन । तर ओलीले भने त्यसयता बिभिन्न समितिहरुमा ब्यापक मनोनयन तथा जिम्मेवारीमा हेरफेर गरेर पार्टीमा आफूअनुकुलका समीकरण बनाएका छन । एमालेलाई २०७५ जेठ २ गतेबाट ब्युँताउनुपर्ने नेपाल पक्षको माग ओलीले अस्वीकार गरेपछि उनीहरुबीच थप दूरी बढेको हो । आफ्नै देशव्यापी संरचना बनाउने योजनाअन्तर्गत नेपाल पक्षले बिहीबार कास्की जिल्ला कमिटीको घोषणा गर्ने कार्यक्रम रहेको छ ।
त्यसका लागि बुधबार नै माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे पोखरा पुगेका छन् । ‘गोर्खामा जिल्ला कमिटीको छुट्टै कार्यालय समेत सञ्चालनमा आइसकेको छ । नेपाल पक्षले अर्घाखाँचीमा २०७५ जेठ २ गते अर्थात् पार्टी एकीकरणअघि एमाले जिल्ला कमिटीमा सचिव रहेका रामबहादुर चौहानलाई अध्यक्ष बनाउँदै जिल्ला कमिटीको पुनर्गठन गरेको छ । गोर्खामा उपाध्यक्ष यादव बस्नेतको नेतृत्वमा समिति गठन गरिएको छ । त्यसैगरी खोटाङमा बबी चाम्लिङ, भोजपुरमा शरण राई र संखुवासभामा हेमराज घिमिरेको नेतृत्वमा उनीहरुले समिति पुनर्गठन गरेका छन् ।
तेह्रथुमको जिल्ला कमिटीमा एक पदाधिकारीबाहेक सबै नेपालतिरै रहेकाले पुनर्गठन गर्न आवश्यक नभएको नेताहरुले जनाएका छन् । माओवादीसँगको एकतापछि खोटाङ जिल्लाको नेतृत्व माओवादीको हातमा पुगेपछि बबी चाम्लिङले सचिवको जिम्मेवारीमा राम दंगाललाई ल्याएका थिए । दंगाल अहिले ओलीतर्फ लागेपछि नेपालले राईलाई अध्यक्ष बनाउँदै जिल्ला कमिटीको पुनर्गठन गरेका हुन । भोजपुरका अध्यक्ष बनेका शरण राई पहिले जिल्ला कमिटीका सचिव थिए भने संखुवासभामा घिमिरे नै अध्यक्ष थिए । कार्यकर्ता भेलाकै समयमा खटाइएका सात वटै प्रदेशको इन्चार्जलाई त्यही जिम्मेवारीमा पठाइने तयारी पनि सो समूहले गरेको छ ।
जसअनुसार, प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा भीम रावल इन्चार्ज तोकिएको छ । ‘गाउँस्तरसम्म प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिनेछ । त्यसका लागि बिभिन्न दस्तावेजहरु पनि तयार गरिएको छ,’ स्रोतले भन्यो । गत शनिबार भएको स्थायी कमिटी बैठकले नेता नेपाललाई दस्तावेज तयारीको संयोजन गर्ने जिम्मेवारी पनि दिएको थियो ।
महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको प्रतिउत्तरमा नेताहरुले लेखेका जवाफहरु, चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलमा प्रस्तुत गरेका दस्तावेज र प्रस्तावहरु त्यसैगरी २०७१ कात्तिकमा पार्टी सञ्चलानको विषयमा नेता नेपालले केन्द्रीय कमिटीमा प्रस्तुत गरेको प्रस्ताव प्रशिक्षण सामग्रीको रुपमा प्रयोग गरिने भएको स्रोतको दावी छ । नेपाल पक्षको यो रणनीतिमा भने ओलीले अझै केही नेताहरुलाई कारवाही गरेर अघि बढ्ने संकेत गरेका छन् । खासगरी प्रदीप ज्ञावालीले पार्टीमा समानान्तर कमिटी बनाउनुभन्दा बेग्लै पार्टी बनाउनु नै वेश भन्न अभिव्यक्ति दिइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार