वालिङ नगरपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १६:१३:४६
१९ चैत, वालिङ । पोषण तथा खाद्य सुरक्षाका दृष्टिकोणले वालिङको अवस्थाकाबारेमा आज छलफल एवं अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।
वालिङ नगरपालिकाको आयोजना तथा यूएसएआईडी, सुआहारा, दियालो संस्थाको सहकार्यमा नगरपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको अन्तक्र्रिया एवं छलफल गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले आगामी दिनमा योजनाहरु बनाउँदा परम्परागत तबरले नभई समयको र नगरबासीको मागका आधारमा बनाउनुपर्नेमा जोड दिए । उनले परम्परागत तबरले चलेका योजना तथा कार्यक्रमहरुलाई समय सापेक्ष बनाउँदै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने तबरले सञ्चालन गर्नुपर्ने बताए ।
नगरपालिकाको खाद्य तथा पोषणको अवस्थालाई सुदृढ गराउनका लागि लक्षित समूह केन्द्रीत कार्यक्रमहरु ल्याईने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले बजेटलाई सही ठाउँमा सदुपयोग गर्दै जानेमा जोड दिंदै नगरको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले हाम्रो कार्यशैलीलाई चुस्तता र उपलब्धीमूलक हुने गरी कार्यक्रमहरको संयोजक गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डे, वालिङ नगरपालिका कृषि शाखा प्रमुख सुभासचन्द्र अर्याल, सुआहारा स्याङ्जाका कार्यक्रम संयोजक याम जिसी, सुआहाराका ओमसुबा गुरुङ, अर्जुन सुबेदी लगायतले आ–आफ्नो शाखाबाट भएका कार्यप्रगति प्रतिवदेनकाबारेमा जानकारी गराए ।
नगर प्रमुख दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कमलप्रसाद पाण्डेले र स्वागत प्रमुश प्रशासकीय अधिकृत राजन भट्टराईले गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार