शुक्रबार , बैसाख १०, २०७८

गायिका बनाइदिने प्रलोभनमा परेपछि किशोरीहरु भारत पुगेको खुलासा

गायिका बनाइदिने प्रलोभनमा परेपछि किशोरीहरु भारत पुगेको खुलासा

१९ चैत, काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिका वडा नम्बर–८ धर्मपुरा घर भएका  ७ किशोरीहरुलाई अपरिचित महिलाले गायिका बनाइदिने प्रलोभन देखाई ललाई–फकाई भारतको सितामढी पुर्‍याएको खुल्न आएको छ  । प्रहरीसँग प्राराम्भिक बयानको क्रममा उनिहरुले चउरमा घाँस काट्न जाँदा एक अपरिचित महिलाले ‘गायिका बनाईदिन्छु’ त्यहाँ लगेको बताएका छन् । बालिकाहरुलाई गायिका बनाइदिन्छु भनेर बम्बई लैजान खोजेको आशंका गरिएको छ ।

७ जना किशोरीलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले भारतबाट  नेपाल ल्याएको हो । उनिहरुलाई हाल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ । उनिहरु प्रहरीसँग बोल्न धक मानिरहेको परिवारल छन् । उनिहरुलाई बुधवार राति शसस्त्र प्रहरीका इन्सपेक्टर बिर्खबहादुर शाही नेतृत्वको टोलीले भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर नेपाल ल्याएको हो । किशोरीहरुलाई नेपाल ल्याउन नेपाल प्रहरीका प्रनानी (सई) नेतृत्वको टोली पनि नेपाल–भारत सीमाको भिट्टामोड पुगेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बिहारको सितामढीस्थित रेल्वे स्टेशनमा भारतीय प्रहरीले किशोरीलाई फेला पारेर सशस्त्र प्रहरीलाई खबर गरेको थियो । भारतीय गैरसरकारी संस्था चाइल्ड लाईनले उनीहरुलाई बुधवार दिनभर काउन्सेलिङ गरेको थियो ।घाँस काट्न भनेर घरबाट निस्केका उनीहरुलाई कसले र किन त्यहाँ पुर्‍यायो भन्नेबारे महोत्तरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मंगलबार दिएँसो घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हराएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय