माधव पक्ष समानान्तर संगठन निर्माणमा
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १८:५२:३२
१९ चैत, पोखरा । नेकपा एमालेको संस्थापन पक्षले कारबाही गरेका माधवकुमार नेपाल पार्टी भित्र समानान्तर संगठन विस्तारमा तीब्रताका साथ जुटेका छन् । यसैक्रममा आज कास्की पुगेका नेता नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई नक्कली एमालेको संज्ञा दिएका छन् ।
प्राविधिक रुपमा पार्टी अध्यक्ष भन्नु परेपनि ओलीको शैली र व्यावहारलाई एमाले चरित्र भने अधिनायकवादी रहेको बताए । उनले भने– हामी असली एमाले हौं, नक्कली एमालेहरुले हामी कारबाही गर्ने हक राख्दैनन् । ओलीको भन्दा एमाले कार्यकर्ता तहमा आफूहरुको पकड रहेको दावी गर्दै उनले भने– हामी देशव्यापी रुपमा समानान्तर संगठन निर्माण गर्ने अभियानमा छौं ।
तल्लोदेखि केन्द्रीय तहसम्मको संगठन निर्माणमा आफूहरु सकृय रहेको जानकारी दिंदै नेता नेपालले अब जिल्ला , प्रदेश र संघीय संरचनामा समेत आफूहरुको संगठन बनाइने जानकारी दिए । असली एमाले आफूहरु भएकाले यस्तो संगठन बनाउने हक रहेको तर्क गर्दै नेता नेपालले सर्वाेच्च अदालतले फागुन २३ मा गरेको फैसला मान्ने हो भने जेठ२, २०७५ को अवस्थामा पुग्नुपर्ने उनको सर्त रहेको छ ।
देशैभरि आफूहरुको पक्षमा कार्यकर्ताको समर्थन रहेको जानकारी दिंदै उनले लगभग ६ लाख कार्यकर्ता आफ्नो पक्षमा रहेको दाबी गरे । एमालेमा करिब ८ लाख संगठित सदस्य रहेको बताइन्छ । हामी वृहत्तर वाम मोर्चा गठन गर्ने प्रयासमा रहेका छौं – नेता नेपालले भने– आम जनताका भावनालाई सम्मान गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य, मोहनविक्रम सिंहलगायतका सबै वाम शक्तिसँग एकताको पहल भइरहेको छ ।
कदाचित ओली सरकारले चुनाव घोषणा ग¥यो भने गाउँ तहदेखि प्रदेश र संघमा समेत आफूहरुले उमेदवार तोक्ने र टिकट वितरण गरिने उनले बताए । वाम शक्तिसँग तालमेल गरेर हामी चुनाव लड्छौं – उनले भने । एमाले भित्र बस्ने रहर भए ओलीले नक्कली एमालेहरुको जमात हटाउन तयार हुनुपर्ने सर्त राख्दै नेता नेपालले भने– जेठ २ , २०७५ अगाडिको एमाले संगठनबाटै सबै निर्णय हुने हो ,त्यसका लागि ओली तयार भए एकतावद्ध हुन सकिन्छ । यसैक्रममा आज नेपाल पक्षले कास्कीमा जिल्ला कमिटी बनाएको छ । धनराज आचार्यको संयोजकत्वमा आज जिल्ला कमिटी गठन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
इजरायलले सुरु गर्यो इरानमाथि जवाफी आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
सेमिफाइनलमा युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै
बैशाख ७, २०८१ शुक्रबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
आज सुन तोलामा ७ सय रुपैयाँ बढ्यो, चाँदी घट्यो
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार