के तपाईलाई ढाड दुख्ने समस्या छ ?
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार २१:२०:५८
अहिलेकाे कुरा गर्ने हाे भने, लामो समयसम्म कम्प्युटरमा काम गर्ने, एकै ठाउँमा लामो समयसम्म बसिरहने, व्यायाम नगर्ने जस्ता विभिन्न कारणले ढाड दुख्ने समस्या आइरहेकाे छ । शारीरिक गतिविधि र शारीरिक कसरतका कामहरु नहुँदा ढाड दुख्ने समस्या धेरै हुने गर्छ ।
यदि ढाड दुख्ने समस्या दैनिक जीवनमा गर्ने कार्यहरुसँग जोडिएको हुन्छ । यसका साथै, भोकै रहने बानीले पनि शरीरमा क्यालोरीको मात्रा घटाउने र उर्जा कम हुन्छ । शरीरलाई उर्जा प्रदान गर्ने तत्वको कमि हुँदा पनि ढाडमा समस्या आउँछ ।
यसले गर्दा भोक मांसपेशीलाई नोक्सान पुग्छ । यसले मेरुदण्डमा दबाब पैदा गर्छ । मेरुदण्डमा धेरै असर पर्ने कारण ढाड दुख्ने समस्या आउँछ । भिटामिन डीको कमिका कारण पनि ढाड दुख्ने समस्या आउने गर्छ । यसको लागि भिटामिन डीको मात्रा परीक्षण गर्नुपर्छ ।
अर्को कुरा टपटकबाट मेरुदण्ड भाँचिनु, चिरिनु, नसा च्यापिनु तथा जन्मजातै जोर्नीमा समस्या हुनु आदि कारणले ढाड दुख्छ । चोटपटक लाग्दा र बसाई नमिल्नु जस्ता कारण हड्डीको बीचमा रहेको डिस्क बाहिर आउँछ । यसले गर्दा पछाडिको भागमा गएर नसा च्यापिन्छ ।
मेरुदण्डमा हुने विभिन्न संक्रमणका कारणसमेत दुखाई हुने गर्छ । उक्त संक्रमण ब्याक्टेरियल र टिबी आदिका कारण हुन्छ । जसले बिस्तारै हड्डीभित्र रहेको डिस्कलाई खाँदा दुखाइ हुन्छ । ढाड दुखाइको अन्य प्रमुख कारण ट्यूमर र क्यान्सर हो । शरीरको विभिन्न भागमा भएको क्यान्सर मेरुदण्डमा गएर बस्छ । त्यस्तै, कतिपय अवस्थामा मेरुदण्डमै ट्यूमर हुन सक्छ, जसलाई मायलोमा भनिन्छ ।
उपचार
ढाड दुख्ने समस्याको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ । सामान्य दुखाई भएमा औषधीको सेवनबाटै निको हुन्छ । त्यस्तै, फिजियोथेरापी गरेरसमेत ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ । संक्रमण, ट्यूमर र क्यान्सरको उपचार केही हदसम्म शल्यक्रियाबाट निको हुन्छ । तर, मेरुदण्डमा देखिने सबै ट्यूमर र क्यान्सरको पूर्ण उपचार सम्भव छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार