किन आउँदैन रातमा निद्रा, यस्तो किन हुन्छ ?
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार २१:५१:३२
पछिल्लो समय धेरै जसो युवा युवतीमा रातमा निद्रा नआउने समस्या हुँदै आएको छ । तेसो त उमेर बढेसँगै रातिमा निदाउने तरिकामा परिवर्तन आउँदै जान्छ । ६५ प्रतिशत महिला र पुरुषहरु रातिमा निद्रा नलाग्ने र दिउँसोको समयमा निन्द्रा लाग्ने समस्याबाट पीडित भएका एक अनुसन्धानले खुलासा गरेको छ ।
दुखाई
हाडजोर्नी तथा ढाड दुख्ने समस्या, पाचन प्रक्रियामा समस्या, मधुमेह र उमेरसम्बन्धी विभिन्न समस्याका कारण शरीरमा दुखाई हुने र यसको कारण रातिमा निद्रा नलाग्ने समस्या आउँछ ।
न्यूरोलोजिकल बिरामी
न्यूरोलोजिकल बिरामीको असर सीधा दिमागमा हुन्छ । ६० वर्ष पुगेका व्यक्तिहरुमा पार्किन्सन रोग लाग्नु सामान्य नै जस्तो भइसकेको छ । यसमा शरीरका अंगहरुको कम्पन महसुस हुन्छ । यसका साथै, अल्जाइमरको कारण पनि निन्द्रा नलाग्ने समस्या आउन सक्छ ।
औषधि
उच्च रक्तचाप, हृदयसम्बन्धी रोगहरु जस्ता अन्य रोगहरुको उपचारका लागि प्रयोग गरिने औषधिहरुको सेवनले निन्द्रा नलाग्ने समस्या आउन सक्छ । औषधिका कारण निन्द्रा लाग्न समस्या भएमा डाक्टरको सल्लाह लिन सकिन्छ ।
बारम्बार बाथरुम जानु
रातिमा बारम्बार बाथरुम जाने गर्नुहुँन्छ भने तपाईंलाई निन्द्रामा समस्या आउँछ । उमेर बढेसँगै लाग्ने विभिन्न रोगका कारण नोक्टूरिया भन्ने समस्याका कारण पिसाब लाग्ने कारण रातिमा निन्द्रा नलाग्ने समस्या आउने भएकाले मदिरा र क्याफिनको सेवन गर्न छोड्नुपर्छ ।
मनोपोज
उमेर ढल्कँदै गएपछि महिलाहरुले मनोपोज हुने समयमा प्रोजेस्टेरोन र एस्ट्रोजन हर्मोन बन्न बन्द हुन्छ । जसको कारण रातिमा निन्द्रा नआउने समस्या बढ्दै जान्छ ।
स्लीप एपनिया
सामान्यताः ४० वर्ष कटेपछि देखिने यो समस्याका कारण पनि निद्रामा समस्या आउँछ । ठूलो ठूलो आवाजमा घुर्ने समस्याले छिन छिनमा नै निद्रा खुल्ने र निन्द्रा नलाग्ने समस्या पनि आउँछ ।
मानसिक स्वास्थ्य
डिप्रेशन, बाइपोलर डिसअर्डर र अन्य दिमागी डिसअर्डरका कारण निन्द्रामा गडबढी आउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार