आगामी जेठमा काठमाडौं टीम च्याम्पियनसीप ब्याडमिन्टन हुने
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार २२:१८:२८
१९ चैत, काठमाडौं । काठमाडौं टीम च्याम्पियनसिप कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । आयोजक काठमाडौं ब्याडमिन्टन एकडेमीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ २० देखि २२ सम्म आयोजना हुने जनाएको छ ।
आमन्त्रण प्रतियोगितामा १६ टिमको सहभगिता रहने आयोजकले जनाएको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आयोजना हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।
प्रतियोगितामा मेन्स डबल्स, वुमेन्स डबल्स, कर्पोरेट डबल्स, मेन्स सिंगल्स, वुमेन्स सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ । मेन्स र वुमेन्स डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पोरेट खेलाडी हुनु पर्नेछ ।
कर्पोरेट डबल्समा कम्तिमा संस्थामा २ वर्ष काम गरेको हुनु पर्छ । मेन्स र वुमेन्स सिंगलमा शीर्ष १६ वरीयताका खेलाडीले खेल्न पाउने छन् । पाँच इभेन्ट्स मध्ये ३ इभेन्ट्स जित्ने टिमले खेल जित्नेछ ।
वरीयता प्राप्त खेलाडीको लागि विजेताले ५० हजार, उपविजेताले ३५ हजार र सेमिफाइनल खेल्नेले ३०र३० हजार पाउने छन् । टिम च्याम्पियनलाई आकर्षक ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजक कुमारी बैंक रहेको छ ।
आयोजकले मुख्य प्रायोजकको रुपमा बैंकसँग सम्झौता गरेको छ । सम्झौतासँगै प्रतियोगिताको नाम कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप रहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा शुक्रबारदेखि खुला ब्याडमिन्टन प्रतियोगिता हुने
चैत ५, २०८० सोमबार
बाबियाचौरमा तयार भयो २१ लाखमा ब्याडमिन्टन कर्भड हल
चैत १८, २०७९ शनिबार
खुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम
पुष १७, २०७९ आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार