पिरोका पारखीहरुलाई खुसीको खबर
नेपालबहस संवाददाता
चैत १९, २०७७ शुक्रबार ३:५३:२६
तपाईले पिरो धेरै खाएकै कारण अरुबाट यस्तो खानेकुराले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्दै नखाने सल्लाह पनि खुबै पाउनुभएकै होला । तर, पिरोका पारखीहरुलाई खुसीको खबर पनि छ । अध्ययनले पिरोले खानालाई स्वादिलो मात्र बनाउने नभएर मानिसको स्वास्थ्यमा पनि फाइदा गर्ने देखाएको छ ।
तौल कम गर्छ
यदी तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईको लागि निकै फाइदाजनक हुनसक्छ । किनभने यसले तपाईको शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको क्यापसाकिन कम्पाउण्डले थर्मोजेनिक प्रभाव शरीरमा गर्दछ जसले तपाईको खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्यालोरी नष्ट गर्दछ ।
क्यान्सर रोक्छ
अध्ययनका अनुसार क्यापसाकिनले केही क्यान्सरका कोषहरुलाई पनि नष्ट गर्दछ । यसको साथै यसले रुघा खोकी नियन्त्रण गर्न मद्दत गर्दछ ।
मुटुलाई स्वास्थ राख्छ
खुर्सानीले मुटुसम्बन्धि जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्दछ र हृदयघात र स्ट्रोकको जोखिमलाई न्यूनिकरण गर्दछ । यसले मुटुलाई सुन्निनु पनि दिँदैन ।
रक्तचापलाई कम गर्छ
अध्ययनले खुर्सानीमा रहेका कम्पाउण्डले रक्तचापलाई गर्ने देखाएको छ । यसले रक्तनलीहरुलाई आराम पनि गराउँदछ ।
रिसलाई नियन्त्रण गर्छ
पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउँदछ । यसलाई राम्रो अनुभव दिने हर्मोन पनि भनिन्छ । जसले गर्दा मानिसलाई डिप्रेसन हुनबाट पनि जोगाउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार