शुक्रबार , बैसाख १०, २०७८

एमालेको घर सरसफाई अभियानले डुहुरे मुसाहरुको बिचल्ली

एमालेको घर सरसफाई अभियानले डुहुरे मुसाहरुको बिचल्ली

२० चैत, काठमाडौं । नेकपा एमालेले आफ्नो घर भित्रको फोहोरको व्यवस्थापन गर्न अहिले निक्कै तदारुकता देखाई रहेको छ । यसका लागि उसले फोहोर बोक्ने केहि थान नयाँ कन्टेनर समेत ल्याउने भएको जनाकारी प्राप्त भएको छ ।

सधैभरिको दुर्गन्ध अनि डुहुरे मुसाहरुको चिच्याहट र साङ्गला अनि राता मच्छडहरुको बेहिसावको टोकाई र बेतुकको झिनझिनाहट आवाजको कोलाहलले घरभित्रै बस्न नसकिने अवस्था सृजना हुन थाले पछि घरमा रहेका बिरामी बा’ देखि परिवारका अन्य सदस्यहरुलाई समेत विभिन्न प्रकारका सरुवा रोगहरुले सताउन थालेपछि एमालेले घर तथा घर वरिपरिको वातावरण सरसफाई गर्न लागेको बुझिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विगतको पटक पटकको फिनेल छर्क्याई, झाडु लगाई र झाडी सरसफाईले समेत कुनै पार नचले पछि अहिले भने घर परिवारकै सल्लाहमा डोजरकै उपयोग गर्नु परेको एमाले श्रोतले जनाएको छ ।

घर भित्रको फोहोर करेसाबारी हुदै छिमेकमा घरमा समेत दुर्गन्ध बढन थालेपछि अनि बाटो हिडने बटुवाहरु समेत मुख र नाँक छोपेर हिडन थाले पछि यसको दिगो ब्यवस्थापन गर्न सरसफाईको अभियान चलाउन लागिएको एमाले श्रोतको दावी छ । हामिलाई भन्दा बढी छिमेकिलाई दुर्गन्ध बढेको पटक पटकको छिमेकीको गुनासो आए पछि आफ्नै घर भित्र अति जतनसाथ लुकाएर राखेको फोहोर बाध्य भएर बाहिरै निकालेर फाल्नु परेको एमालेको दावी छ ।

बर्षौदेखि कुहिएर र च्यापिएर बसेको फोहोरको डङ्गुर केहि समय अघि मिल्क्याउन सफल भएको एमाले अहिले भने घर भित्रकै दुर्गन्धले आजित भएपछि त्यसको पनि दिगो समाधान गर्न लागिएको एमाले सरसफाई अभियानमा संलग्न श्रोतको दाबी छ ।

नेकपा एमालेमा फोहोर फाल्दा मोहोर फालिने पो हो कि भन्ने चिन्ता एकातिर देखिएको छ भने, अर्कोतिर फोहोर भनेको फोहोर नै हो चर्पीको कसौडीमा खाना पकाएर खान नसकिने तर्क राख्दै अब दिर्घकालिन सरसफाई अभियान चलाउन लागिएको बताईएको छ । अहिले घर भित्रको फोहोर बाहिर निकाल्ने मात्रै काम भैरहेको बताउने एमाले श्रोतले फोहोरलाई कहाँ डम्पिङ्ग गर्ने र त्यसवाट के, कति र कस्तो खालको प्राङ्गारिक मल उत्पादन गर्न सकिन्छ भनेर बिज्ञहरुसँग छलफल भैरहेको बताईएको छ ।

एमाले भित्रको सफाई अभियानले घरभित्र रहेका डुहुरे मुसाहरुको बासस्थानमा समेत ठुलो क्षति पुगेको बताईएको छ भने घर साङ्लो र छिप्कलीहरुको समेत कन्तबिजोग भएको समाचार श्रोतको दावी छ ।

कोहि भने बर्षौंदेखि बसोबास गर्दै आएका मुसा, साङ्गलाहरुको संरक्षण गर्न पाउनु पर्ने माग राख्दै कन्टेनरमा नै धर्ना बसिरहेको समाचार छ । घर सरसफाई गर्नु राम्रो कुरा भए पनि सानो गल्तिले महङ्गो र किमति वस्तु समेत कन्टेनरमा फालिने हो कि ?? भन्ने एमालेमा अर्को चिन्ता थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय