यस वर्षकाे चियाको पहिलो टिपाइ शुरु
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार १७:३५:४३
इलाम, २० चैत । चियाको पहिलो टिपाइ शुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको यहाँस्थित देउमाई नगरपालिकाका उद्यमी सोम शर्माले बताउँछन् । “पानी नआएकाले चिन्ता थियो ।
गत साता पानी परेपछि चिन्ता हल भएको छ”, शर्माले भने, “यसपटक अन्तरराष्ट्रिय बजारमा भाउ पनि राम्रो छ । गत वर्ष तयारी चियाको मूल्य रु ९५ थियो भने अहिले रु १०० हाराहारीमा छ । चैतको पहिलो सातादेखि चियाको पहिलो टिपाइ शुरु हुन्छ । फागुन मध्याह्नदेखि अन्त्यसम्ममा आकाश पानी परेमा चियाको उत्पादन बढ्छ । वैकल्पिक उपाय नहुँदा अहिले पनि किसानले आकाशे पानीकै भर पर्नुपर्छ । यदि चैत अन्त्यसम्ममा पानी नपरेमा उत्पादन घट्ने सम्भावना हुन्छ । पटकपटक यो समस्या किसानले भोग्नु परेको छ ।
आकाशे पानी सङ्कलनमार्फत पानी सञ्चितीकरण गर्नुपर्ने अर्का चिया उद्यमी उदय चापागार्इँको भनाइ छ । बर्खाको पानी सङ्कलन गरेर राख्दा हिउँदमा प्रयोग गर्न सकिने उपाय रच्नुपर्ने चापागाई बताउँछन्। यस वर्ष चिया बढे पनि तयारी चिया विदेश निर्यात समस्या हुन सक्ने उनको भनाइ छ । कोरोनाका कारण हवाइ भाडा बढेकाले लागत बढेको गुनासो चापागार्इँको छ । सरकारले कृषिजन्य सामग्री निर्यातमा बेवास्ता गरेको भन्दै चापागाईँले नाका सहज बनाउन र भाडा घटाउन पहल गर्नुपर्ने बताए ।
किसानलाई तोकिएको मूल्य दिन आग्रह
यहाँस्थित सूर्योदय नगरपालिकाले किसानलाई हरियो चियापत्तीको तोकिएको मूल्य दिन आग्रह गरेको छ । विगतमा विभिन्न बाहानामा उद्योगीले तोकिएको मूल्य दिन आलटाल गरेकोप्रति लक्षित गर्दै नगरले कानून पालना गर्न अनुरोध गरेको हो ।
नगरले चियाको मूल्यमा एकरुपता ल्याउन दुई वर्षअघि चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि बनाएको छ । मापदण्डमा हरियोपत्तीको न्यूनतम् समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेको छ । किसानले पनि उत्पादन गरेको चियामा ४० प्रतिशत मुना चिया हुनुपर्ने मापदण्डमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि
बैशाख १०, २०८१ सोमबार
महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग
बैशाख ९, २०८१ आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार