एमालेमा कमजोर छैन नेपाल पक्ष
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार १८:२७:१४
१९ चैत, काठमाडौं । एमालेको संस्थापन पक्षको कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत अब कसरी अगाडि बढ्लान् भन्ने चासो धेरैलाई छ । त्यसको जवाफ नेपाल पक्षले दिन थालिसकेको छ । अब एमालेमा समानान्तर कमिटी बनाएर नयाँ संरचनामा वाम मोर्चा बनाउने नेपाल पक्षमो तयारी प्रष्ट भएको छ । त्यसको संकेत नेपाल पक्षले हिजो पोखराबाटै गरिसकेको छ ।
नेकपा एमाले पार्टी निर्माण र विकासमा हाम्रो भूमिका सबैभन्दा बढी छ, त्यसैले यो पार्टीको स्वामित्व पनि प्राकृतिक रुपले नेपाल पक्षकै रहने हो – नेपाल पक्षका नेता घनश्याम भूषालले भनेका छन् । एमाले पार्टीलाई नयाँ स्वरुपमा लैजाने काममा आफूहरु लागिसकेकाले सना तिना कुरा छाडेर वृहत्तर पार्टी निर्माणमा लागेको उनले बताए । नेता भूषालका यी अभिव्यक्तिले प्रष्ट हुन्छ– एमाले अध्यक्ष केपी ओलीले गरेको कारबाही स्वीकार्ने पक्षमा नेपाल पक्ष विल्कुलै छैन । बरु ओलीलाई चुनौती दिंदै पार्टी कब्जा गर्ने अभियान अगाडि बढाइएको छ ।
आवश्यक पर्दा नयाँ पार्टी नै खोल्ने तहसम्मको सोच नेताहरुले बनाएका छन् । यसै विषयमा गम्भिर छलफल गर्न अहिले नेपाल पक्षको स्थायी कमिटी बैठक राजधानीमा जारी छ । बैठकले आगामी रणनीति र कार्यदिशा निर्धारण गर्ने बताइएको छ । नेकपा एमालेमा ओली पक्षले गरेको कारबाहीको कुनै अर्थ नरहेको यो पक्षको तर्क रहेको छ । त्यसैले देशैभरि समानान्तर कमिटी बनाइने र आवश्यकता अनुसार केन्द्रीय कमिटीसमेत नयाँ बन्न सक्ने नेता नेपालले नै बताएका छन् ।
हिजो कास्की जिल्ला कमिटी गठन गर्ने क्रममा नेता नेपालले भनेको थिए–अब देशैभरि नयाँ संरचनाको एमाले पुनर्गठन हुने छ । ओली बाहेकको केन्द्रीय कमिटी समेत गठन हुन सक्छ । नेता नेपालले यसो भनिरहँदा देशैभरिका कार्यकर्ताको मनोबल उचाल्ने मनसाय झल्कन्थ्यो । उनले चुनाव भएको अवस्थामा ओलीलाई एक्लाएर वाम पार्टीसँग गठबन्धन गर्ने र चुनावको उमेदवार आफूहरुले नै तोक्ने धारणा प्रष्ट गरे ।
त्यसैका लागि पार्टी संगठन र भातृ संस्थामा समेत उनले समानान्तर कमिटी बनाउन थालिसकेका छन् । यसको प्रभाव एमालेको संस्थापन पक्षमा पर्न थालेको छ । देशैभरिका कार्यकर्ता दुई भागमा बाँढिएका छन् । नेपाल पक्षले गरेका दाबी अनुसार, देशभरि कायम कुल आठ लाख सक्रिय कार्यकर्ता मध्ये ६ लाख भन्दा बढी आफूसँग रहेको छ । तर ओली पक्ष भने त्यो मान्दैन । उसको दाबी उल्टो छ । सात लाख भन्दा बढी कार्यकर्ता ओलीको पक्षमा रहेका छन् ।
दुबै पक्षले जस्तो सुकै दाबी गरेपनि अब भने एकै थलोमा बस्ने अवस्था चाहिं रहेन । ओली चाहन्छन्– माधव नेपाल लगायत केही नेता मात्रै बाहिरिउन्, कार्यकर्ता चाहिं आफैंंसँग रहुन् । तर त्यो संभव छैन । किनभने पार्टीमा ओलीको भन्दा कमजोर पकड नेता नेपालको पनि छैन । लामो समय संस्थापन पक्षका रुपमा रहेका नेता नेपालले नै पार्टीलाई एनजीओकरण गरेका हुन् । ती सबै नेपालकै पक्षमा उभिने स्थिति छ ।
त्यसैले नेता नेपाल पनि ओली बिनाकै एमाले चाहन्छन् । एमालेको ब्राण्ड मात्रै चाहिएको हो दुबै नेतालाई , साथ भने होइन । त्यसैले अब पार्टी विभाजनको विकल्प नै रहेन – राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी भन्छन् । नेपालका बामपन्थीहरु लामो समय एकै थलोमा बस्ने गरेको इतिहास नभएको स्मरण गर्दै डा. केसीले अब ओलीले नेतृत्व गर्ने कम्युनिष्ट र नेपालले गर्नेको पृष्ठभूमि र उद्येश्य नै फरक हुने अवस्था रहेको बताउँछन् ।
उनको विचारमा अब देशमा दुई खाले बाम पार्टीको ध्रुवीकरण हुनेछ । जसमा एउटा पक्षको नेतृत्व माधव–प्रचण्डले गर्ने र अर्काे ध्रवको एकल नेतृत्व ओलीले गर्ने छन् । आगामी चुनावसम्म नै यही अवस्था आउने छ । त्यसपछि जस्तो परिणाम आउने हो त्यसै बमोजिमको एकताको वहस सुरु हुने छ । तत्कालको अवस्था हेर्दा सत्तामा बसेर चुनाव गर्ने मौका पाएभने ओलीले माधव –प्रचण्डलाई कर्नरमा पार्ने छन् । अरुले चुनाव गराउँदा चाहिं ओली नै कमजोर हुन सक्नेछन् – डा.केसीको विश्लेषण हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको निःशुल्क इन्टरनेट
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार