ताइवान रेल दुर्घटनामा दर्जनौंको मृत्यु
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार १८:३०:४१
२० चैत, ताइवान । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु भएको छ ।
ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् ।
प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको छ भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पुर्याइएकाे छ ।
अधिकारीहरुले तटीय शहर हुलियान नजिकको सुरुङ नजिक एउटा मर्मत कार्यमा प्रयोग गरिएको सवारी साधनले तिब्र गतिमा दौडिरहेको रेललाई ठक्कर दिएको अनुमान गरेका छन् ।
हुलियान शहरका प्रहरी प्रमुख चाई डिङ–हेसियानले निर्माण कार्यमा प्रयोग भइरहेको एउटा सवारी साधन रेलको लिकमा खसेका कारण रेल दुर्घटना भएको बताए ।
स्थानीय संचार माध्यमले रेलको नजिकै एउटा ट्रक क्षतविक्षत अवस्थामा रहेको तस्वीर प्रकाशन गरेका छन् ।
उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान ९।३० बजे भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार