विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार २०:३८:३४
२० चैत, काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई नियुक्त गरेको हो।
हुमागाईं हाल इमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत हुन्। हुमागाईं नेपाल टेलिभिजन र जनता टेलिभजनका पूर्व महाप्रबन्धक समेत हुन्।
बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो। हुमागाईंसँगै लेखनाथ शर्मा ‘पंगेनी’ र रमेशकुमार खड्काले विज्ञापन बोर्ड अध्यक्ष बन्न आवेदन दिएका थिए।
शर्मा र खड्काले गत मंगलबार र हुमागाईंले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसमक्ष व्यवसायिक कार्ययोजना प्रस्तुतिका साथै अन्तवार्ता दिएका थिए।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा मन्त्रिपरिषद्ले खुला प्रतिस्पर्धाबाट विज्ञापन बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्ने प्रावधान भएपनि सरकारले मन्त्रालयका सहसचिव डिल्लीराम शर्माको अध्यक्षतामा बोर्ड चलाइरहेको थियो।
नवनियुक्त अध्यक्ष हुमागाईंले राष्ट्रिय विज्ञापन नीतिको तर्जुमा, विज्ञापन बजार र एजेन्सीको नियमन, क्लिनफिडको प्रभावकारी अनुगमनसँगै सरकारी विज्ञापनको व्यवस्थापनमा आफ्ना रणनीतिहरु कार्यान्वयन गर्ने मुख्य दायित्व रहेको बताउछन्।
मन्त्रालयले गत फागुन २० गते सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुकहरुसँग आवेदन मागेको थियो। बोर्डलाई विज्ञापन सम्बन्धमा राष्ट्रिय नीति तय गरी मन्त्रालयमा सिफारिस गर्ने, सञ्चार माध्यमबाट प्रसारण गरिने विज्ञापनको सामग्री परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने, विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता निर्माण गर्ने कार्यभार दिइएको छ।
यस्तै, मुलुकको आवश्यकता अनुसार राष्ट्रिय हित, सार्वजनिक हित सम्बन्धी विज्ञापन निर्माण गरी प्रकाशन तथा प्रसारण गर्न प्रोत्साहन गर्ने, नभए वा नगरेको कुराको भ्रम फैलाउने, उत्तेजना फैलाउने, अमर्यादित, भेदभावजन्य वा ऐन विपरीत विज्ञापन गरिए वा नगरिएको अनुगमन गर्ने वा गराउने अधिकार छ।
विदेशी च्यानलहरूबाट प्रसारण हुने विज्ञापनहरू मापदण्ड विपरीत प्रसारण भएमा त्यसको अनुगमन गरी कारबाहीको लागि मन्त्रालयमा सिफारिस गर्ने अधिकार बोर्डसँग छ। बोर्डले सरकार, विज्ञापन एजेन्सी, विज्ञापनदाता, सञ्चारमाध्यम तथा सरकारी निकायबीच समन्वय गर्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'टिकटक'बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्ने की प्रतिबन्ध झेल्ने !
बैशाख १३, २०८१ बिहिबार
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण नक्सा
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार