बडिगाड झडप घटनामा संलग्न आठ सार्वजनिक
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार २१:१७:३२
२० चैत,गलकोट । जिल्ला प्रहरी कार्यालय बाग्लुङले बडिगाड झडप घटनामा संलग्न आठ जनालाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ । होली पूर्णिमाका दिन भएको झडप घटनामा संलग्न बडिगाड गाउँपालिका–१० का २३ वर्षीय मिलन बुढामगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढामगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढामगर, तीर्थलाल बुढामगर, ३१ वर्षीय सूर्य बुढामगर र ४६ वर्षीय ढालबहादुर बुढामगरलाई प्रहरीले सार्वजनिक गरेको हो ।
चैत १५ गते होली खेल्ने क्रममा बडिगाड गाउँपालिका–१० र निसीखोला गाउँपालिका–७ को सिमाना बल्देधुरीमा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । घटनामा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको ज्यान गएको थियो ।
प्रहरीले मिलन बुढामगर र रेशम बुढामगरलाई गुल्मीको मदाने गाउँपालिकाबाट, कुमार छन्त्याललाई रुपन्देही, रेशम बुढामगरलाई बुर्तिबाङ, सूर्य बुढामगर र ढालबहादुर बुढालाई दर्लिङबाट पक्राउ गरेको र दुई जना जिल्ला प्रशासनमा आएर आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।
पक्राउ परेका आठ जनालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मगरको भनाइ छ । पीडित पक्षले छ विरुद्ध किटानी जाहेरी दिएका थिए । जसमध्ये चार जना पक्राउ परेका छन् । घटनामा धेरै युवा संलग्न भएको भन्दै अनुसन्धानका लागि प्रहरी खटिएको पल्लीमगरको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
पोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट
बैशाख ७, २०८१ शुक्रबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार