प्रतिबन्धित केराउ आयातको माग उच्च
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार २१:२७:३१
२० चैत,काठमाडौं । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा गत वर्षदेखि लगाइएको बन्देज पूर्णरूपमा खुला भएसँगै पछिल्लो समय उक्त वस्तु आयातको माग उच्च भएको छ । आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोकेको हो । परिमाणमा कोटा तोकिएभन्दा १५ गुणा वस्तु आयातको माग आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।
विभागको बुधबार साँझको तथ्याङ्कअनुसार केराउमा १५, सुपारीमा नौ, छोकडामा आठ र नधुल्याइएको मरिचमा नौ गुणसम्म आवेदन परेको छ । सरकारले वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी, पाँच हजार मेट्रिक टन छोकडा र १५ हजार मेट्रिक टन नधुल्याइएको मरिच आयात गर्न सकिने गरी प्रतिबन्ध हटाएको हो ।
लामो समयपछि चार वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाएपछि उक्त वस्तुको आयातमा व्यवसायीको माग धेरै आएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिए । उनका अनुसार बुधबार साँझसम्म केराउ आयातका लागि २३३ निवेदनबाट १२ लाख २५ हजार २९० मेट्रिक टन र सुपारी आयातका लागि ७५ वटा निवेदनबाट दुुई लाख २७ हजार २७० मेट्रिक टनको माग आएको छ ।
यसैगरी, छोकडा आयातका लागि १०१ निवेदनबाट ४१ हजार ९९५ मेट्रिक टन र नधुल्याइएको मरिच आयातका लागि १६९ वटा निवेदनबाट एक लाख ४० हजार ८२ मेट्रिक टनको माग आएको छ । उक्त वस्तु पैठारीकर्ताबाट माग भएको वस्तु तोेकिएको समयमा आयात हुने निश्चित गर्न आवश्यक कागजात संलग्न नै नगरी निवेदनमा माग गरेको परिमाण मात्र उल्लेख गरी निवेदन आएको विभागले जनाएको छ ।
विभागले आयातित वस्तु वास्तविक उपभोक्तासम्म पुग्ने निश्चितताका लागि आयातकर्ता कम्पनीसँग व्यवसायको कम्पनी, उद्योग, वाणिज्य दर्ता अनुमतिपत्र, गत आव २०७६र७७ सम्मको करचुक्ता प्रमाणपत्र, आयात गर्ने सम्भावित मुलुक र यसअघि आयात गरेको विवरण र परिमाण खुल्ने कागजपत्र पेश गर्न विभागले आग्रह गरेको छ । गत वर्षको चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले पूर्णरूपमा रोक लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
बैशाख ८, २०८१ शनिबार