चितवनमा ध्रुबेको आक्रमणबाट पाँच जना घाइते
नेपालबहस संवाददाता
चैत २०, २०७७ शनिबार २:१:३०
२० चैत, चितवन । चितवनमा गैंडा गणनाको टोलीमाथि जंगली हात्तीले आक्रमण गरेको छ । एक सिंगे गैंडाको गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जमा खटिएको टोलीमाथि जंगली हात्ती ‘ध्रुबे’ले आक्रमण गरेको हो । ध्रुबेको आक्रमणबाट पाँच जना घाइते भएका छन् ।
आक्रमणमा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि साँझ ५ बजेतिर हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । गैंडाको गणनाका लागि शुक्रबार निकुञ्जको टोली पश्चिम सेक्टरको गैंडाखासा भन्ने ठाउँमा पुगेको थियो। जंगली हात्तीले टोलीलाई लखेट्न थालेछ, भागाभाग हुँदा पाँच जना कर्मचारी घाइते भएका छन् ।
निकुञ्जका अनुसार चार जनालाई सामान्य चोट लागेको छ। ध्रुबे नामको जंगली हात्तीले वि.सं. २०६६, ६७, ६८ र ६९ सालमा गरी १३ जनाको ज्यान लिएको थियो। धेरैको ज्यान लिएपछि यसलाई मार्न सरकार नै लागिपरेको थियो।
उक्त घटनासँगै चितवन निकुञ्जमा जारी रहेको गैंडा गणना कार्य तत्कालका लागि स्थगित गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा चैत ९ गतेबाट एक सिंगे गैंडाको गणना सुरू गरिएको थियो। हाल बर्दिया निकुञ्ज र शुक्लाफाँटा निकुञ्जमा पनि गणना चलिरहेको छ। गैंडा गन्नका लागि गणकहरूले हात्तीकै प्रयोग गर्ने गर्दछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार