शुक्रबार , बैसाख १०, २०७८

ओलीको राजीनामा मागेको कांग्रेसले ल्याउला त अविश्वासको प्रस्ताव  ?

ओलीको राजीनामा मागेको कांग्रेसले ल्याउला त अविश्वासको प्रस्ताव  ?

२१ चैत, काठमाडौं । शुक्रबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले नयाँ सरकार गठनमा कांग्रेसले अनिइच्छा देखाएको, प्रधानमन्त्रीमा केपी ओलीकै निरनन्तरता चाहेको भन्ने आरोप,आशंका र अलमललाई अन्त्य गरिदिएको छ । ओलीप्रति नरम बनेको आरोप लाग्दै आएका पार्टी सभापति शेरवहादुर देउवा आफैंले ओलीको राजीनामा माग्ने र कांग्रेसले नयाँ सरकार निर्माणका लागि पहल लिने प्रस्ताव गरेपछि बैठकमा सबै केन्द्रीय सदस्यहरुले त्यसलाई स्वागत मात्र गरेनन् त्यसले कांग्रेसलाई थप बलियो एकतावद्ध पनि बनाएको छ  ।

कांग्रेसले राजीनामा माग्दैमा प्रधामन्त्री ओलीले राजीनामा दिने अवस्था त छैन । तर पार्टी भित्रबाट पार्टी सभापति देउवा ओलीकै निरनन्तरता चाहान्छन्  र ओलीमाथि देउवाको साथसमर्थन रहेको छ भन्ने आरोपलाई भने हिजोको बैठकबाट देउवाले चिरिदिएका छन । अब उनले नयाँ सरकार निर्माणमा लिने अग्रसरताले त्यसलाई थप स्पष्ट पार्दै जाने छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

nc cc meeting

प्रधानमन्त्री ओलीले राजीनामा नदिएको अवस्थामा कांग्रेसले निर्णय कार्यान्वयमा लैजान कांग्रेसका अगाडि दुई बटा विकल्प रहन्छन् । विकल्प १ नेपाली कांग्रेसकै अग्रसरतामा शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने । विकल्प २ माओवादीलाई समर्थन फिर्ता लिन लगाएर ओलीलाई विश्वासको मत लिन अवस्था सृजना गरी त्यसलाई असफल सावित गरी गठवन्धन सरकार निर्माणको नेतृत्व कांग्रेसले गर्न गर्ने ।

यि दुबै जुनसुकै विकल्पमा जाँदा पनि नेपाली कांग्रेसलाई माओवादी केन्द्र र जनता समाजबादी दलको समर्थन आवश्यक पर्दछ । माओवादी केन्द्रले ओलीको विकल्प दिनुपर्ने भन्दै कांग्रेसलाई सरकारको गठनको पहल लिन आग्रह गर्दै आइरहेको अवस्थामा उसको साथ नेपाली कांग्रेसलाई हुने स्पष्ट छ । अर्को दल जसपा भने कांग्रेसलाई समर्थन गर्ने सम्वन्धमा विभाजित हुन सक्ने अवस्था देखिएको छ ।

jasapa samsadiya dal

नेता महन्थ ठाकुर र राजेन्द्र महतो समुह ओलीसँग सत्तासाझेदारीको मोलमोलाईमा रहेको छ भने उपेन्द्र यादव पक्ष तत्काललै ओलीको वहिरगमनमा उभिएको छ । त्यसैले जसपाको मत विभाजित हुन सक्ने देखिन्छ । तथापी जसपा नेताहरुले त्यसलाई अस्वीकार गर्दै आफ्ना माग संवोधन गर्नेलाई समर्थन गर्ने बताउँदै आएका छन् ।

त्यसो त जसपाको मत विभाजित हुने  अवस्थामा पनि कांग्रेस–माओवादी– जसपा यादव पक्ष र माधव–झलनाथ समूहका सांसदहरु मिलेर अविश्वासको प्रस्ताव पारित गराउने सम्भावना पनि उतिकै छ  । आफ्नै दलका नेपाल खनाल पक्षको सहयोग रहेन भने प्रधानमन्त्री केपी ओलीले यसबीचमा जसपालाई फुटाएर १७/१८ जना सांसदलाई आफूतिर तानेर बहुमत पुग्ने अवस्था रहदैन ।

माधव–झलनाथ समूहमा तीन दर्जन सांसदहरुले फ्लोर क्रस गरे भने वा मतदानमा अनुपस्थिति जनाए भने जसपा सवैलाई तानेर पनि ओलीको बहुमत नपुग्ने अवस्था आउछ । किनभने, ओली र माधव पक्षबीच अहिले विवाद यतिधेरै चर्किएको छ कि माधव पक्षले ओलीलाई मतदान गर्न सक्छ भनेर आकलन गर्न सकिदैन । एमाले भित्र ओलीले माधव पक्षलाई कारवाहीको श्रृखला चलाइरहेका छन् । त्यसले पनि यो संभावनालाई बलियो बनाएको छ ।

यस्तो अवस्थमा माधव पक्षको समेत सहमती जुटाएर नेपाली कांग्रेसकै अग्रसरतामा शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्छ । तर अविश्वासको प्रस्ताव दर्ता भएन र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएमा  प्रधानमन्त्रीले विश्वासको मत जुटाउन निकै ठुलो कसरत गर्नेछन् । भलै त्यसमा असफल भए पनि त्यसपछि सरकार निर्माणमा पनि उनलै निकै खेल खेल्ने र कांग्रेसलाई गठवन्ध सरकारको नेतृत्व सहज रुपमा नदिने अवस्था सृजना गर्न सक्छन् जबकी अविश्वासको प्रस्ताव दर्ता गरी जसपालाई मनाउदा कांग्रेसले सहजै सरकारो नेतृत्व लिन सक्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय