शुक्रबार , बैसाख १०, २०७८

मन्त्री साहको नाम बेच्दै असईले तस्करी लाइन खुलाए

मन्त्री साहको नाम बेच्दै असईले तस्करी लाइन खुलाए

२१ चैत, बीरगञ्ज । पर्साको मिर्जापुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण साहले मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला गरेको खबर छ । असई साहले तस्करी गराई रहेको विषयको जानकारी प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे समक्ष गत बुधबार नै जानकारी भैसकेको छ ।

एसपी पाण्डेले जानकारी पाएपछि उनले जिल्लाको एक यूनिटलाई पठाई मिर्जापुर चौकीको एरियामा निगरानी बढाइरहेको जानकारी प्राप्त भएको छ । बुधवार जिल्लाको टोली आएको खबर असई साहलाई प्राप्त भएपछि सो दिन तस्करी अवरुद्ध भएको थियो । तर फेरि बिहीबार राती तस्करहरुले गिटी पास गराउँछन भने सूचना पाएपछि जिल्लाको टोली आई बिहान शुक्रबार २.४० सम्म खटेको र त्यो टोली गई सकेपश्चात असई साहले फेरी लाईन दिएर १२/१४ वटा गिटीको लोड ट्रेक्टर ३.३० मा पास गराएको खबर छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

असई साहले प्रति ट्रेक्टर गिटी १ हजार , प्रति भैसी १ हजार, प्रति रागा ४ सय र डिजेल पेट्रोल तस्करसँग प्रति तस्कर २५ सयको दरले लिई लाईन दिने गरेको बताइएको छ । त्यतिमात्र होइन असई साहले मिर्जापुरमा अहिले ५ जना भट्टी साहुसँग ४ /४ हजार रुपैयाँ महिनाबारी बुझी ५ वटा घरेलु चुवाई रक्सी भट्टी संचालन गराइरहेका छन । असई साहको एरिया मिर्जापुरमा भट्टी संचालनमा रहेको र महिनाबारी बुझ्ने गरेको खबर पनि पर्साका एसपीसम्म पुगिसकेको सूचना प्राप्त हुन आएको छ ।

असई साहलाई पर्साका एसपीले तस्करी रोक्न निर्देशन दिएपनि उक्त निर्देशन अटेरी गरी कसको दम्भमा तस्करी गराउँदैछन् भन्ने प्रश्न उठेको छ । रौतहट घर भएका असई साहका नाता पर्ने मन्त्री प्रभु साहको नाम भजाउँदै धाक देखाउँदै उनले तस्करी खुल्ला गरेको बताइउको छ । यति मात्रै हैन, उनले तस्करसँग कुरा गर्दै आफू मन्त्री साहको मान्छे हो र उनकै पावर लगाएर यहाँ आएको र आफुलाई कसैले केही पनि गर्न नसक्ने बताउँने गरेका एक तस्करले नाम नछाप्ने शर्तमा बताए ।

ती असईले नै राती गस्ती गरेर गिटीको ट्रेक्टर पास गराउने गरेको स्वयं त्यहाँका एक तस्करले दावी गरेका छन् । मिर्जापुर चौकीका इन्चार्ज साहको यस्तै रवैयाका कारण चौकीका कुनै पनि प्रहरीसँग राम्रो तालमेल नरहेको त्यहाँका एकजना प्रहरी जवानले नाम नराख्ने सर्तमा बताएका छन् । जनताको शान्ति सुरक्षामा खट्ने प्रहरी नै तस्करहरुसँग सेटिङ गरेर ‘कमाउ धन्दा’मा लागेको देखेर स्थानीय वाक्क भएका छन् भने यसले प्रहरीको प्रतिष्ठामा समेत कालो धब्बा लगाउने काम भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे आएको दिनदेखि नै शान्ति सुरक्षादेखि लिएर चोरी तस्करीको सँजाल तोड्न लागेका थिए । सबै मातहतको यूनिटलाई अवैध गतिविधि नियन्त्रण गर्ने निर्देशन दिएपनि मिर्जापुर चौकीका इन्चार्ज साहले आदेशको उल्लङ्घन गर्दै तस्करी गराउन सफल भएका छन । प्रहरी उपरीक्षक पाण्डेको आदेशलाई धज्जी उडाउने यस्ता गैरजिम्मेवार व्यक्तिहरुले गर्दा पूरै प्रहरी सङ्गठन नै बदनाम हुँदै आएको छ । जसमाथि माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पाण्डेले पर्साको शान्ति सुव्यवस्थादेखि लिएर विभिन्न अवैध गतिविधि रोक्न एक हदसम्म सफल भएपनि यस्ता गैरजिम्मेवार इन्चार्जहरुको कारणले गर्दा पूरै पर्सा प्रहरी नै बदनाम हुँदै आएको छ । अब हेर्न बाँकी छ कि एसपी पाण्डेले उनीमाथि के कस्तो कार्वाही गर्लान कि गर्दैन ?

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय