नेपाल समुहले दुई महिना नेताहरूलाई जिल्लामा खटाउने
नेपालबहस संवाददाता
चैत २१, २०७७ आइतबार ०:४:३१
२१ चैत, काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले आगामी दुई महिना देशभरि संगठन निर्माण र पार्टी सुदृढीकरण अभियान चलाउने भएको छ। शनिबार कलंकीमा बसेको स्थायी कमिटी बैठकले नेकपा एमालेको एकता र कम्युनिष्ट आन्दोलन बचाउने मूल उद्देश्य साथ संगठन निर्माण र सुदृढीकरण अभियान चलाउने निर्णय भएको हो ।
विशेषगरी २०७५ जेठ २ गते कायम भएका पार्टी कमिटीहरूको पुनर्गठन, पुनस्सञ्चालन, बैठक, भेला र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ । यसका निम्ति केन्द्रीय सदस्य तथा प्रतिनिधिको रुपमा कार्यविभाजन गरेर दुई महिना नेताहरूलाई जिल्लामा खटाउने निर्णय भएको छ।
यो बीचमा पार्टी एकता रक्षाका लागि देशभरि प्रचार, गोष्ठी र अन्तरक्रिया गरिने छ । माधव समूहले वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा कम्युनिष्ट आन्दोलनको एकतालाई ध्यान दिँदै काठमाडौंमा भव्य कार्यक्रम गर्ने छ।
१३ गते मनमोहन अधिकारी स्मृति दिवसलाई एकताकै सन्दर्भका रुपमा मनाउने र विराटनगरमा केन्द्रीयस्तरको कार्यक्रम गर्ने भएको छ।
जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसमा चितवनमा राष्ट्रियस्तरको कार्यक्रम गर्ने पनि निर्णय भएको छ ।
बैठकले फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला अनुसार नै जेठ २ गते पार्टी अध्यक्षलाई पार्टीमा फर्कन समेत आग्रह गरेको छ । यस्तैबैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको एउटा अवधारणा पत्र प्रतिवेदनमा आएका सुझाव र स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्यले दिएको सुझावलाई अन्तिम रुप दिएको छ। यसलाई प्रकाशित गरेर पार्टीव्यापी वितरणमा लगिने छ ।
पार्टीमा उत्पन्न भएको अन्तरविरोध, राजनीतिक, सैद्धान्तिक, वैचारिक, कार्यशैलीगत भिन्नतामा उठाइएका कुराहरूहरू समग्रतामा प्रकाशित गरेर पार्टीव्यापी रुपमा प्रशिक्षणका लागि प्रकाशित गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार